जुम्ल्याहा दाजुभाइ नाचेको तीज गीत बन्यो भाइरल « Khabarhub

जुम्ल्याहा दाजुभाइ नाचेको तीज गीत बन्यो भाइरल


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन शुरु भएसँगै बजारमा तीज गीतको माहोल तातेको छ । तीजका गीत हरेक दिन जसो सार्वजनिक भइरहँदा अहिले एउटा तीज गीतले सवैको ध्यान खिच्न सफल भएको हो ।

यो गीत चर्चित हुनुको पछाडी गीतको भिडियोमा अभिनय गरेका दुई जुम्ल्याहा दाजुभाइ हुन् । बिराज र बिक्रम थापामगरले गीताम अभिनय गरेका छन् । दुबै जुम्ल्याहा दाजुभाइ हुन् ।

पोखरामा गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपमहासचिव चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीको नयाँ तीज गीत काँकरी गीतमा उनीहरुको अभिनय रहेको छ ।

गीतमा जुम्ल्याहा दाजुभाई नाच्दा मोडल नितु गुरुङले साथ दिएकी छिन् । म्यूजिक भिडियोमा मुन्द्र कमेडी शो का हाँस्यकलाकार लट्टे (राजेन्द्र नेपाली) र पोखरेली कलाकार बैकरे (युवराज भण्डारी), सबिना क्षेत्रीले अभिनय गरेका छन् ।

गीतमा चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीको श्वर रहेको छ भने लय स्वयं पौडेलले गरेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ११ : ३३ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको