कामको खोजीमा विदेश जानेको संख्या घट्यो, गत वर्षको भन्दा डेढ लाख कम | Khabarhub Khabarhub

कामको खोजीमा विदेश जानेको संख्या घट्यो, गत वर्षको भन्दा डेढ लाख कम


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०७५/७६ मा संस्थागत र व्यक्तिगत गरि ५ लाख ८ हजार ८ सय २७ जना वैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।

वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको बार्षिक प्रतिवेदनमा ४ लाख ७६ हजार ७ सय ४ जना पुरुष र ३२ हजार १ सय ३२ जना महिला गरि ५ लाख ८ हजार ८ सय २७ जना रोजगारीको खोजीमा विभिन्न देश पुगेको छ ।

यस्तै, यो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा शिलशिलामा विभिन्न देश पुगेका ७ सय ५३ जनाले विदेशमा ज्यान गुमाएका छन् ।

रोजगारदाता देशमा ७ सय २३ पुरुष र २० महिलाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा करीब डेढ लाख कम नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । विभागको तथ्यांक अनुसार १ लाख ४७ हजार कम वैदेशिक रोजगारीमा गएका छन् ।

गत आर्थिक वर्षको तुलनामा १५.७ प्रतिशत कम वैदेशिक रोजगारीमा गएको विभागको तंथ्याकमा छ । यो वर्ष मलेसियाको रोजगार बन्द हुँदा विदेशिनेको संख्यामा गिरावट आएको देखिएको छ । आर्थिक वर्ष २०७४/७५ मा ६ लाख ५५ हजार नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तंथ्याकमा छ ।

योे आर्थिक वर्षमा कतार पुरुष १ लाख ६५ हजार ३ सय २८ जना र महिला ४ हजार ८ सय ८७ जना गरि १ लाख ६१ हजार २ सय १५ जना कामको खोजीमा पुगेका छन् ।

यो वर्ष सवै धेरै नेपाली रोजगारीको खोजीमा कतार गएका छन् । यस्तै युएई पुरुष १ लाख ६ हजार ३ सय ८३ जना र १३ हजार ४ सय ७२ जना महिला गरी १ लाख १९ हजार ८ सय ५५ जना गएको विभागको तंथ्याकमा छ ।

कतारपछि साउदी धेरै रोजगारीका खोजीमा गएको विभागको तंथ्याकमा छ । यस्तै, साउदी अरब १ लाख १५ हजार ८ सय ७१ जना पुरुष र २ हजार ३३ महिला गरि १ लाख १७ हजार ९ सय ४ जना रोजगारीका लागि गएको विभागको तंथ्याकमा छ । साउदी पनि धेरैको रोजगारीमा युएई परेको विभागको तंथ्याकमा छ ।

यसैगरी, मलेसिया, ४० हजार ८ सय ९७ पुरुष र १ हजार २ सय ४९ महिला गरि ४२ हजार १ सय ४६, बहराइन, ७ हजार ९ सय २७ पुरुष र ७ सय ४७ महिला गरि ८ हजार ६ सय ७४ जना, कुवेत, २३ हजार ७ सय २९ पुरुष र २ हजार २ सय ६७ महिला गरि २५ हजार ९ सय ९६ जना, ओमन, ४ हजार ९ सय ७२ पुरुष र ४ सय ६५ महिला गरि ५ हजार ४ सय ३७ जना, जोडन् १ सय ६४ जना, १ हजार ४ सय ८६ जना महिला गरि १ हजार ६ सय ५० जना रोजगारीका गएको विभागको तंथ्याकमा छ ।

यस्तै जापान, साइप्रस, माल्टा, मोरिसस, अफ्रिकी मुलुक, युरोपका देश, क्यानडा र अमेरिका रोजगारीका खोजीमा करिब ५० हजारको गएको विभागको तंथ्याकमा छ । कतार, साउदी र युएईमा ७० प्रतिशत नेपाली रोजगारीको खोजीमा गएको विभागको तंथ्याकमा छ ।

यो आर्थिक वर्षमा सवैभन्दा धेरै मलेसिया गएका नेपालीको मृत्यु भएको छ । मलेसियामा २ सय २४ जना पुरुष र ५ जना महिला गरि २ सय २९ जना ज्यान गुमाएको बोर्डको तंथ्याकमा छ ।

मलेसिया पछि रोजगारीका लागि साउदी पुगेका नेपालीका मुत्यु भएको छ । साउदीमा १ जना महिलासहित १ सय ९३ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ ।

कतारमा १ सय ६५ जना, युएईमा ७५ पुरुष र १० महिला गरि ८५ जना, कुवेत २९ जना, दक्षिण कोरियामा १९ जना पुरुष र १ महिला गरी २० जना, बहराइन ११ जना, कुवेतमा २९ जना, बहराइनमा ११ जना, नेपालमा २४ जना पुरुष र १ महिला गरि २५ जना ओमनमा ६ जना, जोर्डनमा ३ जना महिला, बु्रनाइमा २ जना, चेक रिपब्लिका २ जना, फिल्याण्डमा १ जना, जापान ३ जना, मकाउ २ जना, मडाराग्रस्गरमा १ जना, गानामा १ जना, पोल्याण्डमा १ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्षमा ८ सय २२ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ । गत आर्थिक वर्षको तुलनमा यो आर्थिक वर्षमा वैदेशिक रोजगारीमा ज्यान गुमाउनको संख्या कमी भएको छ ।

यो आर्थिक वर्षमा ३ सय ३५ पुरुष र १२ जना महिला गम्भीर रोग लागेर विदेशबाट स्वदेश फर्कीएको बोर्डले जानकारी दिएको छ ।

देशभित्र रोजगारीका सिर्जना अवसर भएका कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आएको विभागका सूचना अधिकार भोलाप्रसाद गुरागार्इँले बताएका छन् । यो आर्थिक वर्षमा देशभित्र धेरै रोजगार सिर्जना भएका कारण विदेशीनेको संख्या घटेको उनको भनाइ छ ।

शतप्रतिशत अदक्ष

आर्थिक वर्ष २०७५/७५ मा २ लाख ८५ हजार ४ सय ४५ जना अदक्ष कामदार वैदेशिक रोजगारीमा गएको विभागको तंथ्याकमा छ । यो आर्थिक वर्षमा १ लाख ७९ हजार ६ सय १ जना दक्ष, अर्धदक्ष ४२ हजार ७ सय ८४ जना, व्यवसायिक ७ सय ८७ जना र उच्च दक्ष २ सय १० जना वैदेशिक रोजगारीमा गएका छन् ।

यो आर्थिक वर्षमा सवैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा द रिभर म्यानपावरले पठाएको छ । उक्त म्यानपावरले ५ हजार २ सय २८ जना कामदार विभिन्न देश पठाएको छ ।

यस्तै द रिभरपछि एसओएस म्यानपावरले धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको विभागको तथ्याकमा छ । एसओएसले ४ हजार २ सय ८१ जना वैदेशिक रोजगारीमा पठाएको छ । यस्तै सान म्यानपावर, प्याराडाइस म्यानवार, भिजन एण्ड भ्यालु म्यानपावरलगायत धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको विभागको तंथ्याकमा छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १२ : ०५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल असोज ४ गते शुक्रबार तदनुसार

आज २०८१ साल असोज ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज ४ गते शुक्रबार तदनुसार

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर