बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम अब शुरु हुन्छ– गृहमन्त्री | Khabarhub Khabarhub

बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम अब शुरु हुन्छ– गृहमन्त्री


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– गृहमन्त्री रामबहादुर थापाले बाढी पहिरो प्रभावित क्षेत्रमा अब पुनर्निमार्णको प्रकृया थाल्ने बताएका छन् ।

बाढी तथा डुवानले प्रभाव पारेको प्रदेश नम्बर दुईको अवस्था अध्ययन गर्न पुगेका गृहन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यरुपमा उद्धारको काम सकिएकोले अब पुनर्निर्माणको प्रकृया शुरु हुने बताए ।

उनले प्राकृतिक विपत्तिबाट कम भन्दा कम क्षति होस् भन्ने कुरामा सरकारका गम्भीर भएको र त्यसका लागि पूर्वतयारी अवस्थामा सरकार रहेको बताए ।

‘विपाद्को बेलामा जनधनको क्षतिहोस् भन्नका लागि सरकारले काम गरिरहेको छ’ गृहमन्त्री थापाले भने,‘ भनेको जस्तो भएको छैन, विपद् न्यूनीकरणका लागि विपद् व्यवस्थापन परिषद्ले सबै तहमा काम गरिरहेको गृहमन्त्रीले बताए ।

गृहमन्त्रीसँगै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री उपेन्द्र यादव लगायत प्रभावित क्षेत्रको अनुगमनका लागि रौतहट पुगेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १२ : २३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास