ऋतिकको ‘सुपर ३०’ लाई टक्कर देला ‘द लायन किङ’ ले ? « Khabarhub

ऋतिकको ‘सुपर ३०’ लाई टक्कर देला ‘द लायन किङ’ ले ?


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – १२ जुलाईमा रिलिज भएको ऋतिक रोशन स्टारर फिल्म ‘सुपर ३०’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । समीक्षात्मक रुपमा पनि फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यो फिल्मलाई टक्कर दिने कुनै फिल्म रिलिज भएका छैनन् ।

अब भने डिज्नी स्टुडियोको फिल्म ‘द लायन किङ’ रिलिज हुँदैछ । यो फिल्मले बक्स अफिसमा ऋतिकको फिल्मलाई प्रभावित पार्ने अनुमान गरिएको छ ।

ट्रेड एक्सपर्ट राजेश मिश्रा भन्छन्, ‘द लायन किङले सुपर ३० को व्यापारलाई प्रभावित पार्नेछ तर धेरै पार्ने छैन, यसै पनि सुपर ३० ले एक हप्तामा आफ्नो कलेक्सन गरिसकेको छ ।’

‘द लायन किङ’ पनि एक बहुप्रतीक्षित फिल्म हो । यो एनिमेटेड फिल्ममा शाहरुख खान र उनका छोरा आर्यन खानले स्वर दिएका छन् ।

विश्लेषक मिश्राले भने, ‘द लायन किङले बक्स अफिसमा कमालको व्यापार गर्नेवाला छ, तर सुपर ३० का पनि आफ्ना अलग्गै अडियन्सका कारण दोस्रो हप्तामा खासै प्रभावित गर्ने छैन ।’

पछिल्लो समय बलिउडमा विषयवस्तुमा आधारित फिल्म बढी रुचाइएको छ । स्टार कलाकारले ओपनिङ राम्रो गरे पनि फिल्म राम्रो भयो भने मात्र प्रचारकै भरमा फिल्मको व्यापार बढ्छ ।

ऋतिक रोशन स्टारर सुपर ३० बिहारका गणितज्ञ आनन्द कुमारको कहानीमा आधारित छ । जो गरीब बच्चालाई निःशुल्क आईआईटी प्रवेश परीक्षाको तयारी गराउँछन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १ : २४ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम