साराले भनिन्, ‘एक्सन कट’का बीच रमाइलो कुरा त यो छ कि… « Khabarhub

साराले भनिन्, ‘एक्सन कट’का बीच रमाइलो कुरा त यो छ कि…


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ‘केदारनाथ’ र ‘सिम्बा’ जस्तो फिल्ममा अभिनय गरेर दर्शकको मन जितेकी अभिनेत्री सारा अली खान पर्दामा जस्तो भूमिका निभाउन पनि तयार छिन् । साराले हालै एक अन्तर्वार्तामा आफूले फिल्मका लागि सबथोक गर्न तयार भएकी बताएकी छिन् ।

‘म सञ्जय लीला भन्सालीसँग कुनै फिल्ममा काम गर्न चाहन्छु, शहरी जीवनसँग सम्बन्धित कुनै फिल्म गर्न चाहन्छु,’ साराले भनिन्, ‘म चाहन्छु कि, रोमान्टिक कमेडी, कर्मसियल मसला फिल्ममा पनि काम गर्न पाइयोस्, एक्सन थ्रीलर फिल्ममा पनि काम गर्न चाहन्छु ।’

सारा आजकाल इम्तियाज अलीको फिल्म ‘लभ आजकाल २’ मा व्यस्त छिन् ।

‘एक्सन कटका बीचमा पनि सबभन्दा रोमाञ्चक कुरा त यो छ कि, तपाईं आफू को हो भन्ने नै भुल्नुहुन्छ, तपाई कोही अरुको जिन्दगीमा या कोही अरुको कथामा चरित्र बन्दा वास्तविकता भुल्नुहुन्छ,’ साराले भनिन्, ‘कसैको चरित्रलाई तपाईंले राम्रोसँग निभाउने चक्करमा तपाईं उही बन्नुहुन्छ ।’

साराले फिल्ममा अभिनय गर्दा कैयन् अनुभव सङ्गाल्न पाइने पनि बताइन् । पछिल्लो समय सारा बलिउडमा चर्चित छिन् । जम्मा दुई फिल्ममा अभिनय गरेर पनि उनले लाखौँ फ्यान कमाएकी छिन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १ : ५८ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ