आजदेखि सामाजिक सुरक्षा कोष योजना लागू « Khabarhub

आजदेखि सामाजिक सुरक्षा कोष योजना लागू


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं– गत २०७५ साल मंसिर ११ गते शुभारम्भ भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि लागू भएको छ । सामाजिक सुरक्षा कोषले साउन १ गते (आज) देखि औपचारिकरुपमा उक्त योजना कार्यान्वयनमा आएको जानकारी दिएको छ । ।

यसबाट नेपालको संविधानको धारा ३४ को उपधारा (२) अनुसार सामाजिक सुरक्षा पाउने मौलिक हकलाई सुनिश्चित गर्न महत्वपूर्ण आधार तय भएको छ ।

कोषले प्रारम्भमा सबै नागरिकलाई औषधी उपचार, मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना तथा आश्रित परिवार सुरक्षा योजना र बृद्धावस्था सुरक्षा योजना सहित ४ वटा मुख्य योजना सञ्चालनमा ल्याएको छ ।

योगदान वापतको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरे पश्चातमात्र कोषले सञ्चालनमा ल्याएका कोष योजना बमोजिमका सुविधाहरु प्राप्त गर्न पाइने छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदान रकम प्राप्त भएकै मितिबाट र अन्य योजनाहरु सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा तोकिए बमोजिमको अवधि पूरा भएपछि मात्र लागू हुनेछन् ।

सामाजिक सुरक्षा योजना सञ्चालनमा देखिएका नीतिगत, कानूनी तथा प्रक्रियागत समस्या समाधान गर्ने तथा सामाजिक सुरक्षा योजनालाई थप आकर्षक बनाउने उद्देश्यले निजी क्षेत्र, रोजगारदाता र श्रमिकबाट विभिन्न समयमा प्राप्त सुझाव समेतको आधारमा सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ परिमार्जन समेत गरिएको हो ।

यसबाट सामाजिक सुरक्षा योजनामा उत्साहजनक सहभागिता हुने विश्वास कोषको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १ : ३७ बजे

कीर्तिमानी युक्तको अन्त्येष्टिमा पुगे गगन-सुधन (तस्बिरहरू)

 ‘ब्रोड पिक’ मा मृत्यु भएका पर्वतारोही  को अन्त्येष्टि (तस्बिरहरू) काठमाडौं-

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

रुपन्देही– रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बुधबार र पर्सा

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

भद्रपुर– झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं – बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको