आजदेखि शुरु भएको भिसिटिएस प्रणालीप्रति उद्योगी–व्यवसायीको असन्तुष्टि « Khabarhub

आजदेखि शुरु भएको भिसिटिएस प्रणालीप्रति उद्योगी–व्यवसायीको असन्तुष्टि


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आवश्यक पूर्वाधारको विकास नगरी ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)’ को शुभारम्भ गरेको भन्दै उद्योगी–व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सरकारले सामान्य जानकारी दिएको भरमा र पूर्वाधारको आवश्यक तयारी नगरी उद्योगी, व्यवसायमाथि नै अल्झन आउने गरी हतारमा भिसिटिएस प्रणालीको शुभारम्भ गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजना गरिएको सेवा शुभारम्भ कार्यक्रममा सहभागी नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले स्थानीय ढुवानीकर्ताहरुलाई मारमा पार्नेगरी यो प्रणाली लागू गरिएको भन्दै असन्तुष्टि जनाए ।

उनले अर्थमन्त्री डा. युवराज खतिवडालाई भिसिटिएस सेवा ३ महिनासम्म परीक्षण कालको रुपमा संचालन गर्न पनि माग गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले यो प्रणालीबाट मुलुकको आपूर्ति व्यवस्थामा समस्या नआउने व्यवस्था सुनिश्चित गर्न सरकारलाई सचेत गराए । उनले स्थानीय ढुवानीकर्तालाई समेत भ्याट लगाउने गरी आएको प्रणालीले मुलुकको आपूर्ति व्यवस्थालाई ठप्प बनाउने तर्क पनि गरे ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पनि व्यवसायीहरुलाई पर्याप्त जानकारी दिएर मात्रै यो प्रणाली देशभर लागू गराउन सरकारसँग आग्रह गरिन् ।

उनले स्थानीय तहमा सरकारले ल्याएको व्यवस्थाका कारण व्यवहारिक कठिनाई देखिने भएकाले समस्या समाधानका लागि गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराईन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  २ : ३२ बजे

सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू)

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र