आजदेखि शुरु भएको भिसिटिएस प्रणालीप्रति उद्योगी–व्यवसायीको असन्तुष्टि « Khabarhub

आजदेखि शुरु भएको भिसिटिएस प्रणालीप्रति उद्योगी–व्यवसायीको असन्तुष्टि


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आवश्यक पूर्वाधारको विकास नगरी ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिएस)’ को शुभारम्भ गरेको भन्दै उद्योगी–व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सरकारले सामान्य जानकारी दिएको भरमा र पूर्वाधारको आवश्यक तयारी नगरी उद्योगी, व्यवसायमाथि नै अल्झन आउने गरी हतारमा भिसिटिएस प्रणालीको शुभारम्भ गरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजना गरिएको सेवा शुभारम्भ कार्यक्रममा सहभागी नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले स्थानीय ढुवानीकर्ताहरुलाई मारमा पार्नेगरी यो प्रणाली लागू गरिएको भन्दै असन्तुष्टि जनाए ।

उनले अर्थमन्त्री डा. युवराज खतिवडालाई भिसिटिएस सेवा ३ महिनासम्म परीक्षण कालको रुपमा संचालन गर्न पनि माग गरे ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले यो प्रणालीबाट मुलुकको आपूर्ति व्यवस्थामा समस्या नआउने व्यवस्था सुनिश्चित गर्न सरकारलाई सचेत गराए । उनले स्थानीय ढुवानीकर्तालाई समेत भ्याट लगाउने गरी आएको प्रणालीले मुलुकको आपूर्ति व्यवस्थालाई ठप्प बनाउने तर्क पनि गरे ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले पनि व्यवसायीहरुलाई पर्याप्त जानकारी दिएर मात्रै यो प्रणाली देशभर लागू गराउन सरकारसँग आग्रह गरिन् ।

उनले स्थानीय तहमा सरकारले ल्याएको व्यवस्थाका कारण व्यवहारिक कठिनाई देखिने भएकाले समस्या समाधानका लागि गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराईन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  २ : ३२ बजे

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२