ज्यान जोगाई पाऊँ भन्दै बद्री पंगेनीसहित ३ जनाविरुद्ध उजुरी, पंगेनीले भने – झूठो आरोप ! « Khabarhub

ज्यान जोगाई पाऊँ भन्दै बद्री पंगेनीसहित ३ जनाविरुद्ध उजुरी, पंगेनीले भने – झूठो आरोप !


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकगायक बद्री पंगेनीविरुद्ध उजुरी परेको छ । पंगेनीसहित विजय सिंह र सुवास अधिकारीविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको हो ।

उनीहरुविरुद्ध सृष्टि फर्निसिङ, सीतापाइलाका सञ्चालक निमा दोर्ची शेर्पाले ज्यान जोगाई पाऊँ भन्दै उजुरी दिएका हुन् । तीन सञ्चालकले राजधानीस्थित निरमाया दोहोरी साँझको डेकोरेसन समयमा सक्न दबाब दिएको, तर लागेको खर्च माग्दा उल्टो धम्की दिएको भन्दै उजुरी दिएका हुन् ।

सृष्टि फर्निसिङका सञ्चालक निमा शेर्पाले आफूले डेकोरेसन गरेको रकम माग्दा पटकपटक मार्ने धम्की दिएको बताएका छन् ।

‘उहाँहरुले मेरो स्टाफहरुलाई थर्काएर रातभरि काम गर्न लगाउनुभयो, पहिले पैसा माग्दा आलटाल गरिरहनुभएको थियो, अहिले उहाँहरुले उल्टो धम्की दिनुहुन्छ,’ निवेदक शेर्पाले भने, ‘४ महिनाअघि १२ लाख दिनुभयो, ४ महिनायता बाँकी पैसा माग्दा उल्टो धम्काउने, तँ कहाँ छस् त्यही आएर सिध्याइदिन्छु भन्न थाल्नुभयो ।’

निवेदक शेर्पाले गायक बद्री पंगेनीलाई सम्पर्क गरेर आफ्नो रकम दिने व्यवस्था मिलाइदिन पहल गरेको तर पंगेनीले व्यस्तता देखाएको र अहिले शेयर नै छैन भन्न थालेको बताए ।

‘अहिले उहाँले मेरो मानहानी गर्नुभयो भन्न थाल्नुभयो, उहाँले मेरो शेयर छैन भन्नुभयो, जबकि डेकोरेसनको बेलामा पनि उहाँ आउनुभएको थियो,’ शेर्पाले भने ।

यता प‌ंगेनीले भने सञ्चालकहरूलाई चिनेको तर आफू सञ्चालक नभएको बताएका छन् ।

निवेदक शेर्पाले बद्री पंगेनीले कुनै धम्की नदिएको तर बाँकी दुई जनाले बारम्बार ज्यान मार्ने धम्की दिएको दाबी गरे । उनले भने, ‘बद्री पंगेनीले चाहिँ धम्की दिनुभएको होइन ।’

अरुलाई सोध्दा पनि यो दोहोरी साँझ ३ जनाको पार्टनरशीपमा खोलिएको, तर अहिले बद्री पंगेनीले भने आफू उक्त दोहोरी साँझको सञ्चालक नभएको भन्दै फोन गरेको उनले बताए ।

के भन्छन् बद्री पंगेनी ?

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गायक बद्री पंगेनीले भने यो आरोप सरासर झूठो भएको भन्दै खण्डन गरेका छन् । ‘मलाई यो बारेमा केही थाहा छैन, यो सरासर झुटो आरोप हो,’ गायक बद्री पंगेनीले भने, ‘मैले विजय सिंह र सुवास अधिकारी भाइहरुलाई चिन्छु भनेको हुँ तर मैले उजुरीकर्तालाई चिन्दिन, थर्काउने त कुरै भएन ।’

गायक पंगेनीले समाचारमा आफूले धम्क्याएको भन्ने समाचार आएपछि आफू प्रेस काउन्सिलमा जाने तयारीमा रहेको बताए । उनले भने, ‘मेरो बदनाम गर्ने तरिकाले समाचार बाहिर आएको छ, मैले कसैलाई धम्क्याएको छैन ।’

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  २ : ४३ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा