मुम्बई आक्रमणका योजनाकार हफिज पाकिस्तानमा पक्राउ « Khabarhub

मुम्बई आक्रमणका योजनाकार हफिज पाकिस्तानमा पक्राउ


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– सन् २००८ मा भारतको मुम्बई शहरमा भएको आक्रमणका मुख्य योजनाकार मानिने हफिज सइद पाकिस्तानमा पक्राउ परेका छन् ।

उनलाई पाकिस्तानको पञ्जाब प्रान्तस्थित गुजरनवाला शहरनजिकबाट पक्राउ गरिएको पाकिस्तानी अधिकारीले जनाएका छन् । अमेरिका, भारतसहितका मुलुकले आतंककारी समूहको सूचीमा राखेको लस्कर ए तैएबा समूहका नेता सइदलाई वित्तीय आतंकवादको अभियोगमा पक्राउ गरिएको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

उनीमाथि प्रतिबन्धित समूहलाई पैसा उपलब्ध गराएको अभियोग दर्ता गरिने छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अमेरिका भ्रमणको केही दिनअघि सइदलाई पक्राउ गरिएको हो । उनीमाथि अमेरिकाले १ करोड अमेरिकी डलर बराबरको इनाम राखेको छ । उनलाई पक्राउ गर्न भारतले पाकिस्तानसमक्ष दबाब दिँदै आएको थियो ।

यद्यपि पाकिस्तानले उक्त दबाब बेवास्ता गरी उनलाई पक्राउ गरेको थिएन । भारतले भने उनलाई पक्राउ गरेर मात्र नपुग्ने र उनलाई कारवाही भएको आश्वस्त पार्न आह्वान गरेको छ ।

सन् २००८ नोभेम्बर महिनामा १६६ जनाको ज्यान जानेगरी भारतको आर्थिक राजधानी मुम्बई शहरका विभिन्न स्थानमा भएका आतंककारी आक्रमणमा लस्कर ए तैएबाको संलग्नता रहेको र यसको मुख्य योजनाकार सइद रहेको भारतीय अधिकारीले बताउँदै आएका छन् । यद्यपि सइदले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।

पाकिस्तानले केही समयअघि पनि उनलाई नजरबन्दमा राखेको थियो । तर, उनीविरुद्ध पर्याप्त सबुत नपुगेको भन्दै केही समयलयत्तै उनलाई रिहा गरिएको थियो । पाकिस्तानी कदमको भारत र अमेरिकाले चर्को आलोचना गरेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ४ : ३६ बजे

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका