गुणस्तरीयता ध्यान दिन दुग्ध संस्थानलाई मन्त्री खनालको निर्देशन « Khabarhub

गुणस्तरीयता ध्यान दिन दुग्ध संस्थानलाई मन्त्री खनालको निर्देशन


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले गुणस्तरीय उत्पादनमा केन्द्रित हुन दुग्ध विकास संस्थानलाई सचेत गराएका छन् ।

मन्त्री खनालले गुणस्तरीय बस्तु उत्पादन गरे दुग्ध विकास संस्थानको बजार आफै विस्तार हुने पनि स्पष्ट पारे। उनले ‘डेट एक्पाएर’ भएका आयातित वस्तुहरु उपभोक्ताले प्रयोग गर्नु परिरहेका बेला गुणस्तरीय बस्तु उत्पादन गरे दुग्ध विकास संस्थानको बजार आफै विस्तार हुने पनि स्मरण गराए ।

त्यसका लागि दुग्ध विकास संस्थानले आफूलाई विश्वबजारमा मै प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने मन्त्री खनालको भनाइ छ । दुग्ध विकास संस्थानको स्वर्ण महोत्सव तथा ५१ औं वार्षिकोत्सव समारोहको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले संस्थानलाई घाटामा जान नदिन पनि गुणस्तरीय उत्पादनमा जोड दिनुको विकल्प नरहेको उल्लेख गरे ।

उनले संस्थानले उत्पादन गरेको डिडिसी दुधको बजार राम्रो रहेको उल्लेख गर्दै त्यसलाई पनि अझै गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए । मन्त्री खनालले संस्थानलाई घाटामा लैजाने चिन्तनलाई परास्त गरेर अघि बढने दृढता पनि व्यक्त गरे । उनले दुग्ध विकास संस्थानलाई किसान र उपभोक्तालाई मारमा पार्ने काम गरे सैह्य नहुने चेतावनी पनि दिए ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ४ : ५६ बजे

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार