जनतालाई सेवा दिने कर्मचारी शासक जस्तो हुनहुन्न–मन्त्री यादव | Khabarhub Khabarhub

जनतालाई सेवा दिने कर्मचारी शासक जस्तो हुनहुन्न–मन्त्री यादव


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कर्मचारीहरुको कार्यशैलीमा परिवर्तन नभएसम्म मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउनै नसकिने बताएका छन् ।

मन्त्री यादवले सरकारले लिएको समृद्धिको राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई सचेत गराए ।

बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३२औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने राष्ट्रिय संकल्पलाई पूरा हुने गरी काम गर्न कर्मचारीहरु प्रतिबद्ध हुनुपर्ने पनि स्पष्ट पारे । उनले कर्मचारीहरुले नदीमा आएको छालजस्तो गतिविधि गर्न नहुने पनि दोहोर्‍याए ।

मन्त्री यादवले कर्मचारीहरुले शासक नभई जनताको सेवकको रुपमा काम गर्नुपर्ने बताए । नेता र कर्मचारीले शासक र प्रशासक जस्तो बनर काम गर्दा जनताले उचित सेवा पाउन नसकेको मन्त्री यादवको स्विकारोक्ति छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ७ : २६ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ