सिरियामा भएको हवाई आक्रमणमा १२ मारिए « Khabarhub

सिरियामा भएको हवाई आक्रमणमा १२ मारिए


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमास्कस– सिरियामा भएको हवाई आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको छ । सिरियाली वायु सेनाले गरेको हवाई आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् ।

सिरियाको इडलिब प्रान्तको दक्षिणी भेगमा रहेको मार शोरेन गाउँमा सिरियाली वायुसेनाको लडाकु विमानले हवाई कारवाही गरेको सिरियाली युद्धको अनुगमन गरिरहेको संस्थाले जनाएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सिरियाली सेनाले गाउँको बजार क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । मारिने तथा घाइते हुनेमा अधिकांश सर्वसाधारण छन् ।

सिरियाली सेनाले विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा सैनिक कारवाहीको तयारी गरिरहेका बेला पछिल्ला केही समययता इडलिब प्रान्तका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : ५३ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित