‘पेनगन’सहित एक पक्राउ | Khabarhub Khabarhub

‘पेनगन’सहित एक पक्राउ


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- एक लागुपदार्थ प्रयोगकर्तालाई ‘पेनगन’सहित बुधबार सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिका–२४ कास्कीकोट स्थायी घर भई हाल वडा नं– ७ को मासबारमा बस्दै आएका २४ वर्षीय सागर रानाभाटबाट बरामद गरिएका सात थान गोलीसहित पेनगन र लागुपदार्थ आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको छ ।

पोखरामा पेनगनसहित पहिलोपटक एकजना पक्राउ परेका छन् । सामान्यतया कलम आकारको ‘पेनगन’ टुप्पोपट्टिको भाग लेख्न मिल्ने देखिने भए पनि सो भागमा गोली अड्काउने गरी राखिन्छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले रानाभाटले लागुपदार्थ सेवन, ओसारपसार र बिक्री वितरण तथा हतियारसमेत बोकी हिँड्ने गरेको सूचनाका आधारमा अनुसन्धानपश्चात निजको डेराको खानतलासी गर्दा लागुपदार्थसहित पेनगन बरामद गरिएको हो ।

उनको डेराबाट ६० थान फेनारगन, ६० थान ब्रुप्रिनर्फिन, ६० थान डाइजापाम, १५ चक्की नाइट्रोसन, १० थान राहदानी र सात थान नागरिकता बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : ५४ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन