चन्द समूहसँग निर्णायक वार्ता गर्न नेताको जोड « Khabarhub

चन्द समूहसँग निर्णायक वार्ता गर्न नेताको जोड


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न राजनीतिक दलका नेताले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग निर्णायक तहमा वार्ता गरी राजनीतिक समस्या स्थायीरुपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

राजधानीमा आयोजित साक्षात्कारमा नेताहरुले सानो झिल्कोका रुपमा विकास भएको चन्द नेतृत्व समूहलाई बाहिर राखेर अघि हिँड्दा हिंसा र द्वन्द्व निम्तिने खतरा उत्पन्न हुने भन्दै समयमा नै सरकार गम्भीर भएर वार्ता गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपाली काङ्ग्रेसका नेता रमेश लेखकले चन्दसँग गम्भीर र संवेदनशील भएर सरकारले वार्ताको पहल गर्नुपर्नेमा जोड दिँदै भविष्यमा हिंशा दोहोरिन सक्ने आशङ्का गरे । समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले चन्द नेतृत्वको समूहलाई उपेक्षा गर्न नहुने बताउँदै राजनीतिक मुद्दाको समाधान राजनीतिक वार्ताबाट नै गर्न सरकारसँग आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा राजनीतिक वार्ता टोलीका पूर्वसंयोजक सोमप्रसाद पाण्डेयले चन्दले सरकारसँग वार्ता गर्ने इच्छा प्रकट नगरेकाले वार्ता हुन नसकेको बताउँदै सो पार्टीलाई सरकारले आधिकारिकरुपमा वार्ताका लागि पत्र नपठाएको जानकारी दिए । उनले चन्दको तल्ला तहका नेतासँग विभिन्न तहमा छलफल भए पनि टेबुलमा बस्ने गर्ने गरी वार्ताको प्रगति नभएको स्पष्ट पारे ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ९ : ३२ बजे

आज २०८३ साल असार २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २० गते शनिबार सन् २०२६

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका