पशुपति शर्माको गीतले ल्याएको परकम्प ! « Khabarhub

पशुपति शर्माको गीतले ल्याएको परकम्प !



२०७२ साल बैशाख १२ गतेको भूकम्पको परकम्प अझै रोकिएको छैन । शनिबार बेलुका ८ः ३४ बजे कीर्तिपुर आसपास केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्पको परकम्प गयो, त्यो भन्दा ठूलो हलचल अहिले पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ले बजारमा ल्याएको छ ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युव, इन्टा, ह्वाट्सएपमा चर्चा पशुपतिको गीतकै छ । गीत सार्वजनिक भएको दुई दिन नबित्दै झण्डै तीन लाख दर्शक पाउनुले गीतले दिन खोजेको सन्देशको समर्थन हो भन्नेमा द्विविधा छैन । त्यो भन्दा अहिले उर्लेको सामाजिक सञ्जालको जनलहरले पनि थप पुष्टि गरेको छ ।

गीत हटाइएपछि सरकारलाई आरोप लगाउँदै सामाजिक सञ्जालमा गाली गर्नेको जमात बाक्लो भेटिए पनि त्यो आधारहीन जस्तै छ । किनकी स्वयं गायकले विज्ञप्तिमार्फत ‘शब्दमा शुभचिन्तकको असन्तुष्टि’ देखिएपछि गीत हटाएको उल्लेख गरेका छन् । गीत प्रतिबन्ध गराएको भन्ने बारेमा पनि उनले केही बोलेका छैनन, जे आयो त्यही विज्ञप्ति मात्र ल्याएका छन् ।

त्यसो त, उनी जस्तो चर्चित र परिपक्व गायकले गीत सार्वजनिक गर्नु अगाडि केही सोच विचार नै नगरी त्यसै गीत बजारमा ल्याएका पनि त होइनन् होला नि ? तर अहिले किन गीत हटाए ? कुनै दिन उत्तर आफै देलान् । गीत ल्याउनु र हतारमा गीत आफै हटाउनुले उनी अहिले चर्चा र बहससँगै आफै विवादमा फस्ने काम गरेका छन् ।

उनी स्वयंले जुन–जुन शब्दमा असन्तुष्टि देखिएको छ ती शब्दहरु फेर्नु आफ्नो दायित्व भएको भन्दै गीत परिमार्जन गरेर चाडै ल्याउने बताएका छन् । समसामयिक विषय वस्तु र वर्तमान यथार्थमाथिको तिखो व्यंग्यलाई कस्ता शुभचिन्तकले असन्तुष्टि जनाए ? असन्तुष्टि जनाउने कसरी शुभचिन्तक भए ? सामाजिक सञ्जालमा समर्थन जनाउने शुभचिन्तक कि के ? यी तमाम प्रश्नको उत्तर दिने आँट अब गायक शर्माले राख्नुपर्छ । अनि अर्को कुरा विज्ञप्तिमा जनाइए अनुसार अब कुन कुन शब्द परिमार्जन गर्ने हुन् त्यो पनि प्रतीक्षाको विषय बनेको छ ।

यता सामाजिक सञ्जालमा भने चुनावताका जनमत बटुल्न पार्टीका गीत ल्याएर भाइरल बनाउन पाउने, तर व्यथिति–विसंगतिका गीत ल्याउन किन नपाउने ? भन्ने सम्मका तर्क गरेका छन् । पशुपति शर्माको गीत हटाउनुमा अधिकांशले राजनीतिक दबाबको गन्द ओकलेका छन् । व्येथिति, विसंगतिविरुद्ध सचेत गराउनु पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उनीहरु तर्क गर्छन् । जसको जे सुकै तर्क भए पनि ‘लुट्न सके लुट कान्छा’ले कतै गायकलाई नै पो लुट्ने हो कि ?

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १० : २४ बजे

गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम आज सार्वजनिक गरिने

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आव २०८०-८१ को नीति

खाणको पक्षमा दुई पूर्वमहान्यायधिवक्ता र बारका तीन पूर्व अध्यक्षले बहस गर्ने

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्व गृहमन्त्री

दुई देशको सम्बन्ध अगाडि बढाउने पहल भारतले गर्नुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा महत्त्वपूर्ण ७ बुँदामा

बैतडीका स्थानीय तह नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्दै

बैतडी– बैतडीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति,

‘हाम्रै कथा र व्यथा हो नीरफूल’ : निर्देशक वल

काठमाडौँ – नेपाली चलचित्रमा पछिल्लो समय समुदायको कथाले पनि स्थान