पुन:निर्माण शीर्षकका खानेपानी आयोजना बजेट नआउँदा अलपत्र « Khabarhub

पुन:निर्माण शीर्षकका खानेपानी आयोजना बजेट नआउँदा अलपत्र


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे–सरकारले पुन:निर्माण शीर्षकमा काभ्रेमा सञ्चालनमा ल्याइएका खानेपानी आयोजना बजेट नहुँदा अलपत्र परेका छन् ।

केन्द्रीय सरकारको पुनःनिर्माण शीर्षकको बजेटबाट विसं २०७३ देखि विभिन्न मितिमा सुुरु गरिएका ९० खानेपानी आयोजनामध्ये हाल १० मात्रै सम्पन्न भएका छन् ।

बाँकी ८० खानेपानी आयोजनाको थप बजेट नआउँदा अलपत्र अवस्थामा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय चौताराका प्राविधिक शिवप्रसाद शर्माले जानकारी दिए ।

३० लाख रुपैयाँको खानेपानी योजनाको विसं २०७३ साउनमा पहिलो किस्ता १० लाख लिएर सुरु गरिएको बताउँदै बनेपा नगरपालिका–३ चुनातालका लिफ्टिङ खानेपानी उपभोक्ता समिति अध्यक्ष टेकप्रसाद दाहालले त्यसपछि थप बजेट नआउँदा काम अलपत्र अवस्थामा बताए ।

दाहालका अनुसार यस योजनाको मूलदेखि लिफ्ट गर्ने स्थानसम्म पाइप र एउटा १० हजार लिटरको ट्याङ्की मात्रै निर्माण गरिएको छ भने एउटा रिजर्भ ट्याङ्की निर्माण गरी मुख्य पाइपलाइन र घरघरमा खानेपानी पुर्‍याउने पाइप विस्तार गर्न बाँकी छ ।

खानेपानी आयोजनाअनुसार बजेट छुट्याइए पनि पहिलो किस्तावापतको रकमले सुरु गरिएपछि केही आयोजनाले मात्रै कार्यप्रगतिको आधारमा दोस्रो किस्ता लिएर काम गरेको प्राविधिक शर्माले बताए ।

मुलुक सङ्घीयतामा गएपछि गत साउनमा काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हाल सिन्धुपाल्चोकको चौतारामा सारिएको छ । त्यस कार्यालयको कार्यक्षेत्र अब दुवै जिल्ला तोकिएको छ ।

डिभिजन कार्यालय प्रमुख राजेन्द्र न्यौपानेले पुनःनिर्माण कार्यक्रमअन्तर्गतको निर्माणाधीन खानेपानी आयोजनाका लागि केन्द्र सरकार वा प्रदेश सरकार कहाँबाट आउने भन्ने अझै अन्योलता रहेको बताए ।

बजेटको अन्योलताकै कारण डिभिजन कर्यालयको क्रमागत खानेपानी योजना काभ्रेपलाञ्चोकमा ७५ र सिन्धुपाल्चोकमा ६५ वटा अलपत्र अवस्थामा छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १० : ४० बजे

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,

ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु

काठमाडौं- नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली

चलचित्र ‘कुमारी’को ‘तिमी बिना’ सार्वजनिक

काठमाडौं – माघ २३ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को