झन कष्टकर बन्दै बादी समुदायको जीवन « Khabarhub

झन कष्टकर बन्दै बादी समुदायको जीवन


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– लामो समयदेखि सामाजिक उपेक्षामा परेका बादी समुदायको दिनचर्या पछिल्लो समय झन कष्टकर बन्दै गएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षालय नजिक बस्दै आएका उनीहरु वर्षौदेखि पालको टहरामुनि जीवन गुगार्न बाध्य छन् ।

केआइसिंह राजमार्गको सडकछेउमै बस्दै आएका बादी समुदायका व्यक्ति बस्ने बास र खाने गासको समस्या झेल्न वाध्य छन् । यही सडकखण्ड भएर दिनहुँजसो नेतृत्व तहमा रहेका व्यक्तिहरु आहोरदोेहोर गर्छन् । तर आफूहरूको पीडाका बारेमा हालसम्म कसैले पनि चासो नदेखाएको सो बस्तीका तेज बादीले गुनासा‍े सुनाए । उनले भने, “हामीले बनाएका टहरा नजिक भएर ठूलाबडाहरू सधैँ हिँडिरहन्छन्, तर हाम्रो अवस्थाबारे कसैले सोधेका छैनन् ।”

सडकको छेउमै रहेको सरकारी जमीनमा उनीहरू बस्दै आएका छन् । उनीहरूसँग लालपुर्जा नभएर सुकुम्बासी भएर बसेका छन् । यो बस्तीमा न खानेपानी छ, न बिजुली बत्ती । यो बस्तीका नागरिकको दैनिकी रात अन्धकारमा र दिन अरुको मजदुरीमा बित्ने गरेको स्थानीयवासी समिर विष्टले बताए ।

डोटीका बादी समुदायको घरबासका लागि दिपायल सिलगढी नगरपालिकाले जग्गा किन्ने निर्णय गरे पनि भनेको ठाउँमा जग्गा नपाउँदा बादीको माग पूरा हुनसकेको छैन ।

शहरबजारमा आएका नयाँ तथा आधुनिक किसिमका सरसामान तथा भाडाकुँडाका कारण आफूले बनाउँदै आएका माटाका ग्राग्रा, मादल, सुल्भा, पाल्लोलगायतका सामग्री विस्थापित हुँदै गएको श्याम बादीले बताए । उनले भने, “भाडाकुँडा बनाउन हामी माटो नै पाउँदैनाै‌ं, बजारमा आधुनिक सामान पाएपछि हामीकहाँ किन्न पनि कोही आउँदैनन् ।” उनीहरू यहाँ बसेको  २० वर्षभन्दा बढी भइसक्यो । दर्जनौँ परिवार भएको यो बस्ती भूस्वामित्वविहीन छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ११ : ३२ बजे

अध्यक्ष बनेलगत्तै ओलीको आक्रमक सम्बोधन : यो सरकारसँग भिड्न तयार छौँ, परिआए ढालिदिन्छौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्षमा तेस्रो कार्यकालका लागि निर्वाचित केपी

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,

ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु

काठमाडौं- नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली

चलचित्र ‘कुमारी’को ‘तिमी बिना’ सार्वजनिक

काठमाडौं – माघ २३ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को