गाउँमै प्राविधिक शिक्षा पढाउन ७० लाख संकलन « Khabarhub

गाउँमै प्राविधिक शिक्षा पढाउन ७० लाख संकलन


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाका लागि रु ७० लाख सहयोग सङ्कलन गरिएको छ ।

विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले शुरु गरेको सहयोग सङ्कलन अभियानबाट हालसम्म रु ७० लाख जम्मा भएको विद्यालयले जनाएको छ ।

विद्यालयले यही फागुन ७ गतेदेखि १५ गतेसम्म नौ दिन स्वर्ण महोत्सव मनाउँदैछ । विद्यालयले शिक्षाप्रेमी, उद्यमी, विद्यालयका पूर्वविद्यार्थी, पूर्वशिक्षक विद्यालय व्यवस्थापन समितिलगायत सङ्घसंस्था तथा व्यक्तिबाट स्वेच्छिक रकम सङ्कलन गरेको विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले जानकारी दिए ।

विद्यालयले रु डेढ करोड सङ्कलन गर्ने र कम खर्चमा स्वर्ण महोत्सव सम्पन्न गरी बचत रकमले अक्षयकोष निर्माण गर्ने र ब्याजबाट प्राप्त रकमले प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले बताए ।

कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा हाल ४९१ विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापनका कक्षा सञ्चालन गरे पनि रोजगारमूलक शिक्षाका लागि प्राविधिक विषयको पठनपाठन शुरु गर्ने योजना विद्यालयले बनाएको छ । शिक्षा मन्त्रालयबाट सम्बन्धन लिई कक्षा ११ र १२ मा कृषि तथा पशु विज्ञान विषयको कक्षा विद्यायलमा सञ्चालन गर्ने योजना बनाएको खत्रीले बताए ।

खत्रीले भन्नुभयो, “कक्षा १२ उत्तीर्ण भएका विद्यार्थी पनि लामो समय बेरोजगार भएर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न प्राविधिक शिक्षा सञ्चालन अभियानमा छौँ ।” ताराखोला गाउँपालिका जिल्लाको दुर्गम गाउँपालिकामा पर्ने भएकाले दुर्गमका विपन्न परिवारका विद्यार्थीले घरमै बसेर प्राविधिक शिक्षा लिने अवसर पाउनेछन् ।

स्वर्णमहोत्सवको अवसरमा विद्यालयले आधारभूत विद्यालयस्तरीय छात्र भलिबल प्रतियोगिता, खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला वडास्तरीय महिला भलिबल प्रतियोगिता, ताराखोला गाउँपालिकास्तरीय प्राथमिकतहस्तरीय पदमचन्द्र स्मृति हाजिरी जवाफ प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय वक्तृृत्वकला प्रतियोगिता, खुला सामूहिक सांस्कृतिक नृत्य प्रतियोगिता, आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिता, अभिभावक पुरुष र महिला रस्साकस्सी प्रतियोगिता, शिक्षक अभिभावक मैत्रीपूर्ण भलिबललगायतका प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ११ : ४६ बजे

एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज