भत्काउन थालियो विश्वसम्पदा सूचीमा सूचीकृत जयबागेश्वरी | Khabarhub Khabarhub

भत्काउन थालियो विश्वसम्पदा सूचीमा सूचीकृत जयबागेश्वरी


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र परिसरमा रहेको जयवागेश्वरी मन्दिर पुर्ननिर्माण गर्न भत्काउन थालिएको छ ।

जीर्ण अवस्थामा रहेको यो मन्दिर पुर्ननिर्माणको लागि भत्काउन थालिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले जानकारी दिए ।

२०७२ वैशाख १२ र २९ गतेको भूकम्प र पटकपटकको परकम्पले क्षति पुगेको मन्दिर पुर्ननिर्माण गर्दा ३ पटक क्षमा पूजा गरिनेछ । भत्काउनुअघि, पुनःनिर्माण सुरु गर्नुअघि र सम्पन्न भएपछि तान्त्रिक विधिअनुसार साइत निकालेर क्षमा पूजा गरिने छ । मन्दिरको गजुर तथा अन्य भाग भत्किएको छ भने विभिन्न भागमा चिराचिरा परेको छ ।

क्षतिग्रस्त मन्दिर पुनःनिर्माणका लागि कोषले भूकम्पको एक महीना पनि नबित्दै जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनःनिर्माणको काम शुरु गर्न नसकेपछि गत वर्ष सम्झौता रद्द भयो ।

कोषले गत माघ २ गते बुधबार तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

भूकम्पको चार वर्ष हुन लाग्दासम्म पनि जयवागेश्वरी मन्दिरको छानो पालले ढाकिएको थियो । टुँडाल र इँट्टा धमाधम झर्न थालेका थिए । चारैतिर चर्किएर प्वाल परेको मन्दिर ढल्ने क्षण कुरेर बसे जस्तो लाग्थ्यो । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि ठूला पाइप बिच्छ्याउँदा सडक खनिएकाले मन्दिरमा थप क्षति पुग्यो । सडक नजिकै मन्दिर रहेकाले दैनिक हिँड्ने सवारी साधनले जीर्ण मन्दिरमा क्षति थपिएको थियो ।

सती प्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरेको स्थानीय बताउँछन् ।

चढाइएको गरगहना लगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं संस्कृतिविद् डा गोविन्द टण्डनले बताए ।
पशुपति क्षेत्रमा रहेका ५१८ स्मारकमध्ये ९५ वटामा भूकम्पले क्षति पुर्‍याएको थियो । १५ सम्पदा पूर्ण रुपमा क्षति भएका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १ : २९ बजे

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन

काठमाडौं महानगरको नगरसभामा बजेट ल्याइँदै (लाइभ)

काठमाडौं– काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

‘अजमेरा फैशन ईन्डिया’ अब नेपालमै, फेक्ट्री रेटमा सामान पाइने 

काठमाडौं- भारतको गुजरातस्थित टेक्सटाइल कम्पनी अजमेरा फैशन ईन्डियाले नेपालको इन्द्रेणी

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

कोलम्बो– श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका

भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने साझा कवि हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर