भत्काउन थालियो विश्वसम्पदा सूचीमा सूचीकृत जयबागेश्वरी « Khabarhub

भत्काउन थालियो विश्वसम्पदा सूचीमा सूचीकृत जयबागेश्वरी


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र परिसरमा रहेको जयवागेश्वरी मन्दिर पुर्ननिर्माण गर्न भत्काउन थालिएको छ ।

जीर्ण अवस्थामा रहेको यो मन्दिर पुर्ननिर्माणको लागि भत्काउन थालिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले जानकारी दिए ।

२०७२ वैशाख १२ र २९ गतेको भूकम्प र पटकपटकको परकम्पले क्षति पुगेको मन्दिर पुर्ननिर्माण गर्दा ३ पटक क्षमा पूजा गरिनेछ । भत्काउनुअघि, पुनःनिर्माण सुरु गर्नुअघि र सम्पन्न भएपछि तान्त्रिक विधिअनुसार साइत निकालेर क्षमा पूजा गरिने छ । मन्दिरको गजुर तथा अन्य भाग भत्किएको छ भने विभिन्न भागमा चिराचिरा परेको छ ।

क्षतिग्रस्त मन्दिर पुनःनिर्माणका लागि कोषले भूकम्पको एक महीना पनि नबित्दै जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनःनिर्माणको काम शुरु गर्न नसकेपछि गत वर्ष सम्झौता रद्द भयो ।

कोषले गत माघ २ गते बुधबार तुलसी कन्स्ट्रक्सनसँग दुई वर्षमा पुनःनिर्माण सक्ने गरी सम्झौता गरेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

भूकम्पको चार वर्ष हुन लाग्दासम्म पनि जयवागेश्वरी मन्दिरको छानो पालले ढाकिएको थियो । टुँडाल र इँट्टा धमाधम झर्न थालेका थिए । चारैतिर चर्किएर प्वाल परेको मन्दिर ढल्ने क्षण कुरेर बसे जस्तो लाग्थ्यो । उपत्यकामा मेलम्चीको पानी वितरणका लागि ठूला पाइप बिच्छ्याउँदा सडक खनिएकाले मन्दिरमा थप क्षति पुग्यो । सडक नजिकै मन्दिर रहेकाले दैनिक हिँड्ने सवारी साधनले जीर्ण मन्दिरमा क्षति थपिएको थियो ।

सती प्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरेको स्थानीय बताउँछन् ।

चढाइएको गरगहना लगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवं संस्कृतिविद् डा गोविन्द टण्डनले बताए ।
पशुपति क्षेत्रमा रहेका ५१८ स्मारकमध्ये ९५ वटामा भूकम्पले क्षति पुर्‍याएको थियो । १५ सम्पदा पूर्ण रुपमा क्षति भएका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १ : २९ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६