जनताको अपेक्षा अनुसार सरकारले काम गर्छ– मन्त्री यादव « Khabarhub

जनताको अपेक्षा अनुसार सरकारले काम गर्छ– मन्त्री यादव


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् ।

मन्त्री यादवले अपेक्षा अनुसार काम गर्न नसकिएपनि आगामी दिनमा काम गरेर छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

खिचापोखरी न्यूरोड व्यापार सङ्घको ‘छैटाँै अधिवेशन तथा ११ औँ वार्षिक साधारणसभा’का अवसरमा न्यूरोडमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनताको अपेक्षामा सरकार गम्भीर भएर लागेको बताए ।

यादवले न्यूरोड क्षेत्रलाई नमूना व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । “समृद्ध नेपाल निर्माणमा न्यूरोडका उद्योगी व्यवसायीको ठूलो भूमिका रहेको छ”, उनले बताए ।

न्यूरोडलाई नमूना व्यापारिक केन्द्र निर्माणका लागि उद्योगी व्यवसायीहरु एकजुट हुनुपर्ने उनको छ । “न्यूरोड देशको सम्पत्ति भएकाले यसलाई रक्षा गर्न यहाँकै उद्योगी व्यवसायी लाग्नुपर्छ”, उनले भने ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले न्यूरोड ऐतिहासिक व्यापारिकस्थल भएकाले यस क्षेत्रको विकासका लागि महानगरपालिकाले योजना बनाएर अगाडि बढ्न लागेको बताए ।

फुटपाथ मुक्त शहर निर्माण गर्न महानगरपालिका लागेको उनको भनाइ थियो । महानगरपालिकाले न्यूरोड र दरबारमार्ग क्षेत्रमा ‘स्मार्ट पार्किङ’को रुपमा विकास गर्न बोलपत्र आह्वान गरिसकेको प्रमुख शाक्यले बताए ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले मुलुकको व्यापार घाटा कम गर्न सरकारले आयातलाई कम गरी निर्यातलाई बढावा दिने वातावरण निर्माणमा लाग्नुपर्ने बताए ।

“दैनिक व्यापार घाटा तीन अर्ब ७६ करोड भएकाले यसलाई घटाउन सरकार लाग्नुपर्ने बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ४ : २४ बजे

गलेश्वरको अन्न क्षेत्रलाई एक लाख सहयोग

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका वकिल केसीले बेनी नगरपालिका– ९

सुनचाँदीको मूल्य निरन्तर बढ्दो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।  नेपाल

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

सिरहा– अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच थान कम्प्युटर,

प्रि ओपन सेसन : करिब एक अंकले घट्यो नेप्से

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

किसानलाई दूधमा प्रतिलिटिर १० रुपैयाँ अनुदान

तनहुँ– भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप १० रुपैयाँ अनुदान