मुलुकको गौरवगाथालाई थप उचो बनाऔंः मन्त्री पोखरेल « Khabarhub

मुलुकको गौरवगाथालाई थप उचो बनाऔंः मन्त्री पोखरेल


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले देशभक्तिको भावनाका साथ अघि बढन सबैलाई आह्वान गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले मुलुकको स्वाभिमान र सामाजिक सदभाव कायम हुनेगरी देशशक्तिको भावना विकास गर्न जरुरी रहेको पनि स्पष्ट पारे ।

आइतबार ललितपुरको लगनखेलस्थित राजदल गणमा आयोजित राष्ट्रिय सेवा दलको दीक्षान्त कवाज कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासमा कहिल्यै पराधिन हुनु नपरेको मुलुकको गौरवगाथालाई उचाईमा पुर्‍याउने काममा अझै क्रियाशील भएर लागिपर्न राष्ट्रिय सेवा दललाई पनि सचेत गराए ।

उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय सेवा देलले मुलुकको देशभक्तिपूर्ण भावनाको जर्गेना गर्न उल्लेखनीय योगदान दिँदै आएको स्मरण गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।

उपप्रधानमन्त्री पोखरेलले मुलुक बहुजातीय, बहुधार्मिक र बहुसंस्कृतिले भरिपूर्ण रहेको स्मरण गराउँदै सबै जातिका समूदायलाई समान सम्मान गरेर अघि बढन सरकार तयार रहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ४ : ३८ बजे

अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा शुक्रबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले