डा. कायस्थ भन्छन्ः शिशूलाई ठेउला आए ज्यानै जानसक्छ « Khabarhub

डा. कायस्थ भन्छन्ः शिशूलाई ठेउला आए ज्यानै जानसक्छ


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले मौसम परिवर्तनको समय छ । गर्मी मौसममा शुरु भएसँगै धुलोधुँवा र वातावरण प्रदूषणको मात्रा पनि बढ्न थाल्छ ।

गर्मीको मौसममा सरुवा रोगको संक्रमण पनि बढ्छ । गर्मीको समयमा मानिसमा छाला सम्बन्धी विभिन्न समस्याहरु देखिन्छ । गर्मी शुरुभएसँगै अस्पतालमा ठेउलाका बिरामीहरु बढी आउने गरेको वीर अस्पतालका चर्म तथा यौन रोग विभागका प्रमूख डा. भाष्कर मोहन कायस्थले बताए ।

‘गर्मीको मौसम शुरु हुन लागेको छ, गर्मी लागेपछि छाला सम्बन्धी विभिन्न समस्याहरु देखिन थाल्छ, विषेशगरी गर्मी मौसममा ठेउलाका बिरामीहरु धेरै आउने गर्छन् ।,’ डा. कायस्थले खबरहबसँग भने, ‘यो रोग किटाणुको कारण लाग्ने भएकाले यो छिटो संक्रमण हुने र सर्ने सम्भावना बढी हुन्छ ।’

ठेउला जुनसुकै उमेरका व्यक्तिलाई आउन सक्ने भएपनि एक वर्षभन्दा कम उमेरका बालबालिकालाई यो रोगको जोखिम बढी भएको डा. कायस्थ बताउँछन् ।  एकवर्ष मुनिको बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । यो समयमा उनीहरुलाई संक्रमणबाट जोगाउनुपर्छ । साना बालबालिकालाई ठेउला आएमा उनीहरुको मस्तिष्क र छातीमा समेत संक्रमण भई ज्यानै जानसक्ने डा. कायस्थले बताए ।

उनी भन्छन्, ‘एकवर्ष भन्दा कम उमेरका बालबालिकालाई ठेउला आयो र उनीहरुको समयमा उपचार भएन भने ज्यानै समेत जानसक्छ । त्यसैले गर्मीको समयमा शिशूको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ ।’

बालबालिकामा ठेउला आउँदा रुघाखोकी लाग्ने र मुखभित्र समेत पानीको फोका आउने भएकाले टन्सिल होला भनेर वेवास्ता गर्ने अभिभावकको बानी छ । जसका कारण शिशूको शरीरमा ठेउला फैलिने र ज्यान जोखिममा पर्ने डा. कायस्थ बताउछन् ।

शिशूमा ठेउलाको लक्षण यस्तो हुन्छ

  • शिशूलाई रुघाखोकी लाग्ने ।
  • आँखा रातो हुने ।
  • ज्वरो आउने ।
  • रुघाखोकी लागेको दुई दिनपछि अनुहार वा शरीरमा पानीको फोका आउने ।

यस्ता लक्षणहरु देखिए शिशूलाई तुरुन्त अस्पतालमा लगेर उपचार गराउन डा. कायस्थको सुझाव छ ।

बालबालिकालाई ठेउला आएमा के गर्ने के नगर्ने ?

बालबालिकालाई ठेउला आएमा अस्पताल नलगी घरमै भएको ब्रुफिन तथा ज्वरोको अन्य औषधि समेत खुवाउने गर्छन् । तर बालबालिकालाई ठेउला आएको समयमा ब्रुफिन, निम्स जस्ता औषधि खुवाउन नहुने डा. कायस्थ बताउछन् ।

ठेउला आउँदा बालबालिकालाई घामबाट जोगाउनुपर्ने भएपनि घरभित्रै गुम्साएर राख्न नहुने डा. कायस्थको भनाइ छ । ‘ठेउला आउँदा बाहिर निस्कन हुँदैन भनेर घरमै गुम्साएर राख्ने चलन छ, तर त्यो गलत हो, उनीहरुलाई घामबाट जोगिने गरी हावा राख्न मिल्छ ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ९ : ५४ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ