रवि समर्थकको भिडलाई नियन्त्रणमा लिन लाठी चार्ज « Khabarhub

रवि समर्थकको भिडलाई नियन्त्रणमा लिन लाठी चार्ज


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका पत्रकार रवि लामिछानेको पक्षमा उत्रिएका समर्थकको भिडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको छ ।

जिल्ला प्रहरी कार्याल बाहिर जम्मा भई नाराबाजी गरिरहेका समूहको भीड अनियन्त्रित भएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँससमेत प्रहार गरी भीड तितरवितर बनाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले भेट गरेका छन् । भेटपछि नेता बडुले पूर्वाग्रह नराखी छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताए । रबिले पनि निश्पक्ष छानबिनमा सहघाउन तयार रहेको बताएको उनले जानकारी दिए ।

बिहानैदेखि नाराबाजी गरिरहेका प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगा प्रहार गरी क्षति पुर्‍याएका छन् ।

अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह

चितवनमा रवि लामिछानेका पक्षमा ठूलो जमात भेला भएपछि अनुसनधानलाई प्रभाव पर्ने सक्ने भन्दै शालिकराम पुडाशैनीका परिवार र शुभेक्छुकले चिन्ता ब्यक्त गरेका छन् । प्रहरी हिरासतमा रहेका रवि लामिछानेका समर्थकहरुको ठूलो भिड चितवनमा जम्मा भएर प्रहरी माथि नै आ क्रमण गर्न थालेपछि चितवनका युवाहरुले प्रहरी अनुसन्धानलाई प्रभावित नपार्न आग्रह गरेका छन् ।

शुक्रवार साँझ रवि लामिछानेका समर्थकले चितवन जिल्ला प्रहरी कार्यालयमा ढुँगा मुढा गरेका थिए । ढुँगा मुढा पछि प्रहरीले बल समेत प्रयोग गरेको थियो ।

पत्रकार शालिकराम पुडासैनीले गरेको आ त्मह त्याको निष्पक्ष छानविन गर्ने वातावरण तयार गर्न माग गर्दै शनिबार बिहान चौबिसकोठीमा प्र दर्शन गरिएको हो । ‘स्वतन्त्र युवा समूह’ ले गरेको प्रदर्शनमा सहभागीहरुले ‘निष्पक्ष छानविन गर्न देऊ’, ‘अपराधलाई राजनीतिकरण नगरौं’, ‘पुडासैनीले न्याय पाउनैपर्छ’ ‘दोषीलाई कारबाही होस्’, ‘एनजीओको हस्तक्षेप बन्द गर’ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यस अघि चितवनमै रवि लामिछानेका समर्थकले पनि प्रदर्शन गरेका थिए । लामिछानेका समर्थकले चितवनमा शक्ति केन्द्रित गरेका छन् । यसअघि लामिछानेका समर्थकहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप भएको थियो । झडपमा पाँच जना प्रहरी घाइते छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो ।

पुडासैनीको आत्महत्याको विषयमा छानविन गर्न लामिछानेसहित युवराज कँडेल र रकु कार्कीलाई ५ दिन हिरासतमा राख्न अदालतले शुक्रबार अनुमति दिएको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  १ : ०४ बजे

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका