आफूले गर्न सक्ने काममा सरकारको मुख ताक्न हुँदैन–नेता नेपाल « Khabarhub

आफूले गर्न सक्ने काममा सरकारको मुख ताक्न हुँदैन–नेता नेपाल


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश विकाशको निम्ति सबै एक जुट हुनु पर्ने बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेता नेपालले देश बिकाशको लागि नागरिक, संघ—संस्था र सरकार एक साथ जुट्नु पर्ने बताए । उनले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताउँदै विकास निर्माणमा तीन पक्षको महत्वपूर्ण भूमिका हुने बताए ।

कहिले काही धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै सबै पक्षको हातेमालोले ठुला ठुला काम बन्न सक्ने उनको भनाइ थियो ।

पूर्व प्रधानमन्त्री नेपालले सरकारले गरेका कतिपय काम लामो अनुसन्धान र तयारी बिना आएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले काठमाडौंको विकास समयमा सम्पन्न गर्न र धुलो हटाउनका लागि स्थानीय स्तरमा पनि काम हुनुपर्ने बताए । उनले आफूले गर्न सक्ने काममा सरकारको मुख ताक्न नहुने बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  २ : ४४ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही