रविका समर्थकले प्रहरी भ्यान फोडे, भीड हटाउन अश्रु ग्यास प्रहार « Khabarhub

रविका समर्थकले प्रहरी भ्यान फोडे, भीड हटाउन अश्रु ग्यास प्रहार


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– टेलिभिजन पत्रकार रवि लामिछानेको समर्थक र प्रहरीबीच झडप भएको छ ।

चितवनको भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएका लामिछानेको समर्थकले शनिवार विहान प्रहरीको भ्यानमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाका कारण प्रहरीको भ्यानमा क्षति पुगेको छ ।

प्रदर्शनकारीले प्रहरीको भ्यानमा तोडफोड गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको थियो । त्यसक्रममा भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्याससमेत प्रहार गरेको थियो ।

अहिले पनि चितवनमा नाराबाजी र आन्दोलन जारी रहेको छ ।

न्यूज २४ का पूर्व सहकर्मी पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै लामिछानेसहित तीन जना चितवन प्रहरीको हिरासतमा रहेका छन् ।

आत्महत्या अघि खिचिएको भनिएको एक भिडियो सार्वजनिक भएको थियो । जसमा पुडासैनीले आफ्नो मृत्युको कारण पत्रकार लामिछानेसहित तीन जना रहेको बताएका थिए ।

भिडियो सार्वजनिक भएसँगै प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
शुक्रवार(हिजो) प्रहरीले उनीहरु तीनै जनालाई अदालतमा पेश गरेको थियो ।

अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । यससँगै लामिछानेका समर्थकले जिल्ला प्रहरी कार्यालय चितवनमा प्रदर्शन गरेका थिए ।

शुक्रवार भएको प्रदर्शनमा पाँच प्रहरी र केही प्रदर्शनकारी घाइते भइका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ३ : २४ बजे

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६मा पाँच पटकको उपाधि विजेता ब्राजिलले

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको