'भ्रष्टाचार नियन्त्रणमा टाउकोबाटै नुहाउँनुपर्छ, खुट्टा मात्रै पखालेर हुदैँन' | Khabarhub Khabarhub

‘भ्रष्टाचार नियन्त्रणमा टाउकोबाटै नुहाउँनुपर्छ, खुट्टा मात्रै पखालेर हुदैँन’


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व मुख्य सचिव बिमल कोइरालाले मुलुकमा भ्रष्टाचार नियन्त्रण हुन नसक्नुको पछाडि राजनीतिक नेतृत्वलाई दोष लगाएका छन् । राजनीतिक नेतृत्व दुषित भएका कारण भ्रष्टाचारले प्रश्रय पाएको भन्दै उनले मुहान नै सफा हुनु पर्ने धारणा राखे ।

संघीय संसद राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले धुलिखेलमा गरेको दिगो विकास लक्ष्यका प्राथमिकताका विषय माथिको छलफलका क्रममा उनले कर्मचारी प्रशासनमा बढेको भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको मुहान नै सफा हुनुपर्ने बताएका हुन् ।

सधैँ सत्तामा रहेको दलले राजनीति गरेका कारण कर्मचारी प्रशासनले क्षमताअनुसार काम गर्न नसकेको टिप्पणी उनको थियो ।

उनले राज्यसत्ताले कर्मचारीलाई परिचालन गर्न नसकेको बताए । भ्रष्टाचार न्युनीकरण विना दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने भन्दै उनले सबै भन्दा राजनीतिक नेतृत्वको मुहान नै सफा हुनुपर्ने बताए । उनले भने, ‘सुधारमाथि बाटै गर्नुपर्छ । टाउको बाटै नुहाउँनुपर्छ । खुट्टा मात्रै पखालेर हुदैँन ।’

राजनीतिले कित्ताकाट गर्ने र कर्मचारीलाई छाडा बनाउने काम गरेको दाबी उनको थियो । कर्मचारीलाई सही ढंगले परिचालन गर्न सके नतिजा पनि राम्रो आउने उल्लेख गर्दै कोइरालाले त्यसका लागि राजनीतिक इच्छाशक्ति हुनुपर्नेमा जोड दिए ।

उनले संघले अधिकार प्रत्यायोजित गर्न नसक्दा प्रदेश सरकार कमजोर भएको उल्लेख गरे । उनले संघले अधिकार प्रत्यायोजित गर्न नसक्दा प्रदेश सरकार कमजोर भएको बताए । प्रदेशलाई अधिकार नदिनुलाई उनले ‘संघीय सरकारको हिनताबोध र लघुताबोध’ भएको टिप्पणी गरे ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ५ : ०६ बजे

रास्वपा महामन्त्रीमा फर्किने मुकुलको प्रयास, अन्तरिम आदेशका लागि सर्वोच्चले बोलायो दुवै पक्षलाई

काठमाडौं- मुकुल ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री

कोशी प्रदेशसभाबाट अर्थसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई

सुदूरपश्चिमलाई साक्षर प्रदेशको रूपमा औपचारिक घोषणा

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई ‘साक्षर सुदूरपश्चिम

एक वर्षमा सिँचाइका ४८ ट्युबवेल निर्माण

चितवन– चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले एक वर्षमा ४८

बजेटमा ‘टेक एण्ड पे’ पीपीए खारेज भएसँगै इप्पानको आन्दोलन फिर्ता

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत गरिएको ‘टेक एण्ड