रविले भने– आन्दोलनमा एक जना घाइते भएभने हिरासतमा बसेको भन्दा पीडा हुन्छ « Khabarhub

रविले भने– आन्दोलनमा एक जना घाइते भएभने हिरासतमा बसेको भन्दा पीडा हुन्छ


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– प्रहरी हिरासतमा रहेका टेलिभिजन पत्रकार रवि लामिछानेले आफ्नो समर्थनमा भइरहेको प्रदर्शनमा घुसपैठ हुन सक्ने भन्दै सचत रहन आन्दोलनकारीलाई आग्रह गरेका छन् ।

केही अराजक तत्व भीडमा मिसिएर प्रहरीमाथि ढुंगा प्रहार गरेर आन्दोलनलाई बदनाम गराउन उद्यत हुने भन्दै लामिछानेले सचेत रहन आह्वान गरेका हुन् ।

चितवन प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेट्न पुगेका सामाजिक अभियन्ता रमेश प्रसाईमार्फत आन्दोलनकारीलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो र न्यायको पक्षमा भइरहेको आन्दोलनमा सहभागी कसैलाई पनि घाउ चोट लाग्ने अवस्था बन्न नहुने बताए ।

लामिछानेलाई उदृत गर्दै प्रसाइले भने,‘रवि दाइले भन्नु भयो मेरो पक्षमा न्यायको पक्षमा भइरहेको यो आन्दोलनमा एक जनालाई पनि घाउ चोट नलागोस् । यदी एक जनापनि घाउ चोट लागेर घाइते भएछन् भने, एक जनाको पनि अमूल्य जीवन गएछ भने हिरासतमा बसेको भन्दा बढी पीडा हुन्छ ।’

आफूलाई प्रहरी हिरासतमा बस्नुको पीडा भन्दा टेलिभिजन कार्यक्रममा रोकिएका विषयको चिन्ता बढी भएको उनले बताएको प्रसाइले शनिवार भरतपुरमा आयोजित कार्यक्रममा सुनाए ।

रविले प्रसाईसँग भने,‘मलाई जेलमा राखिरहँदा कतिले कतिलाई ठगिसके कतिले कतिको पैसा खाइसके । म एक मात्र जेलमा परेको छैन जनताको आशा सिधा कुरा पनि जेल परेको छ ।’

लामिछानेले आन्दोलनलाई कसैले पनि आफ्नो फाइदामा प्रयोग नगरोस् भन्नका लागि आफ्ना समर्थकहरु सचेत रहनुपर्ने बताएको प्रशाइले भने ।

आन्दोलनमा कुनै राजनीतिक पार्टीको झण्डा प्रयोग नगर्न उनले सबैमा आह्वन गरे ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ३ : १६ बजे

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका

मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौं– मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा

मेयरमा पराजितलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको जिम्मा दिएकोमा प्राध्यापकको आपत्ति 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा काठमाडौंको मेयरमा पराजित किशोर