इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती « Khabarhub

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती


१० कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा प्रतिस्पर्धा हुने अनुमानसहित आमनिर्वाचनका लागि मतदान जारी छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि पहिलोपटक त्यहाँ आमनिर्वाचन हुन लागेको हो । स्थानीय समयअनुसार बिहान ७ बजे खुलेका मतदान केन्द्रमा योग्य मतदाताले राति १० बजेसम्म मतदान गर्न सक्नेछन् ।

शुक्रबार सार्वजनिक गरिएको चुनावी सर्वेक्षणले प्रधानमन्त्री नेतान्याहू र पूर्वसेनाप्रमुख आइजेनकोटबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ ।

इजरायली संसद् (नेसेट)मा कुल १२० सिट छन् । सरकार गठन गर्न कुनै एक दल वा गठबन्धनले कम्तीमा ६१ सिट जित्नुपर्ने हुन्छ । तर, निर्वाचनमा कुनै पनि राजनीतिक गठबन्धनले एक्लै बहुमत प्राप्त गर्ने सम्भावना कम रहेको आकलन गरिएको छ ।

त्यसैले निर्वाचनपछि गठबन्धन सरकार गठन गर्नुपर्ने अवस्था आउन सक्ने अनुमान छ । सरकार गठनका लागि दलहरूबीच हुने वार्ताका कारण नयाँ सरकार बन्न केही हप्ता वा महिना पनि लाग्न सक्ने बताइएको छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजरायलमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो । त्यसपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही सञ्चालन गर्दै आएको छ । उक्त कारबाहीमा हालसम्म ७२ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, मंगलबार  ५ : ५५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म