अटोमेटिक पेस्तोल र गोलीसहित थानकोटबाट एक जना पक्राउ « Khabarhub

अटोमेटिक पेस्तोल र गोलीसहित थानकोटबाट एक जना पक्राउ


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित चेकप्वाईन्टबाट अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्ड सहित एक जना पक्राउ परेका छन् ।

ललितपुर कोन्ज्योसम गाउँपालिका-२ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा खटिएको प्रहरीले धादिङबाट काठमाडौं आउँदै गरेको बा.२ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।

साथै लामाको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।

लामालाई थप आवश्यक कारवाही तथा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ५ : २२ बजे

इरानद्वारा इजरायलमाथि मिसाइल आक्रमण, कम्तीमा ६ जना घाइते

तेहरान- इरानले इजरायलका केन्द्रीय क्षेत्रमा मिसाइल आक्रमण गरेको छ ।

कांग्रेसमा समानान्तर गतिविधि गर्नेलाई ‘गतिछाडा’ नबन्न चन्द्र भण्डारीको सुझाव

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएका समानान्तर

महाकाली सिँचाइ आयोजना : नियमित पानी ल्याउन नसक्दा सिँचाइमा समस्या

महेन्द्रनगर– कञ्चनपुरको एकमात्र राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत

एमाले संसदीय दलको बैठक (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको छ । बुधबारदेखि

भारतमा जनगणना सुरु, नीति र राजनीति दुवैमा ठूलो प्रभाव पर्ने सङ्केत

नयाँदिल्ली– लामो समयदेखि स्थगित हुँदै आएको भारतको राष्ट्रिय जनगणना अन्ततः