गुगल म्यापलाई हुवोवेको चुनौति, म्यापिङ सर्भिस सञ्चालनको तयारी | Khabarhub Khabarhub

गुगल म्यापलाई हुवोवेको चुनौति, म्यापिङ सर्भिस सञ्चालनको तयारी


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी रुपमा चर्चित गुगल सर्चन ईन्जिनको गुगल म्यापलाई चुनौति दिँदै चिनियाँ टेक कम्पनी हुवावेले आफ्नै म्यापिङ सर्भिस (सेवा) सार्वजनिक गर्ने तयारी गरेको छ । यसलाई ‘म्याप किट’ नामबाट सार्वजनिक गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सबैभन्दा पहिले आम प्रयोगकर्ताका लागि भन्दा पनि डेभलपर्सहरुका निम्ती यो सेवा सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ । यसबाट सेवामा भएका कमिकमजोरी पत्ता लागुन् र आम प्रयोगकर्तामाझ जानु अघि नै सुधार गरौँ भन्ने उद्देश्य लिइएको छ ।

समाचारअनुसार यस सेवाबाट डेभलपर्सलाई स्ट्रिट नेभिगेशन सिस्टमका साथै रियल टाइम ट्राफिकको जानकारी प्राप्त हुनेछ । यो सेवालाई आगामी अक्टोबरमा सार्वजनिक गरिने छ । कम्पनीले पछिल्लो हप्ता मात्रै आफ्नो अपरेटिङ सिस्टम ‘हार्मोनी’ सार्वजनिक गरेको थियो ।

हुवावेले सञ्चालनमा ल्याउन लागेको म्यापिङ सेवाले विश्वका १ सय ५० भन्दा बढी मुलुकलाई समेट्ने छ । यसका साथै यो सेवा ४० भन्दा बढी भाषामा उपलब्ध हुने समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ५ : ३३ बजे

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुङ्गा

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय

बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट

काठमाडौं- काठमाडौं महानगरपालिकाले सोमबार वडा नं. २३ र २४ अन्तर्गत

उहिलेका सगिनी अर्थात्‌ तीजका गीत

काठमाडौँ – आज नेपाली हिन्दु महिलाहरूले हरितालिका तीज मनाउँदैछन्‌ ।

एक सयभन्दा धेरै बोइङ जहाज किन्ने कोरियन एयरको योजना

वाशिङ्टन डीसी- कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको