गुगल म्यापलाई हुवोवेको चुनौति, म्यापिङ सर्भिस सञ्चालनको तयारी « Khabarhub

गुगल म्यापलाई हुवोवेको चुनौति, म्यापिङ सर्भिस सञ्चालनको तयारी


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी रुपमा चर्चित गुगल सर्चन ईन्जिनको गुगल म्यापलाई चुनौति दिँदै चिनियाँ टेक कम्पनी हुवावेले आफ्नै म्यापिङ सर्भिस (सेवा) सार्वजनिक गर्ने तयारी गरेको छ । यसलाई ‘म्याप किट’ नामबाट सार्वजनिक गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सबैभन्दा पहिले आम प्रयोगकर्ताका लागि भन्दा पनि डेभलपर्सहरुका निम्ती यो सेवा सञ्चालनमा ल्याउने कम्पनीको तयारी छ । यसबाट सेवामा भएका कमिकमजोरी पत्ता लागुन् र आम प्रयोगकर्तामाझ जानु अघि नै सुधार गरौँ भन्ने उद्देश्य लिइएको छ ।

समाचारअनुसार यस सेवाबाट डेभलपर्सलाई स्ट्रिट नेभिगेशन सिस्टमका साथै रियल टाइम ट्राफिकको जानकारी प्राप्त हुनेछ । यो सेवालाई आगामी अक्टोबरमा सार्वजनिक गरिने छ । कम्पनीले पछिल्लो हप्ता मात्रै आफ्नो अपरेटिङ सिस्टम ‘हार्मोनी’ सार्वजनिक गरेको थियो ।

हुवावेले सञ्चालनमा ल्याउन लागेको म्यापिङ सेवाले विश्वका १ सय ५० भन्दा बढी मुलुकलाई समेट्ने छ । यसका साथै यो सेवा ४० भन्दा बढी भाषामा उपलब्ध हुने समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ५ : ३३ बजे

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार

खाद्यको नेपालगञ्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

राँझा– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९