भाँचिएको पुलको निरीक्षण गर्दै मन्त्रीको निर्देशन–जतिसक्दो चाँडो पुल मर्मत गर्नुस् « Khabarhub

भाँचिएको पुलको निरीक्षण गर्दै मन्त्रीको निर्देशन–जतिसक्दो चाँडो पुल मर्मत गर्नुस्


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आज पूर्वपश्चिम राजमार्गअन्तर्गतको नवलपरासीमा भाँचिएको अरुणखोला पुलको निरीक्षण गरेका छन् ।

मध्यविन्दु नगरपालिकामा रहेको भाँचिएको अरुणखोला पुलको निरीक्षण गर्दै पुललाई मर्मत गरी एक हप्ताभित्रमा सञ्चालनमा ल्याउन उनले निर्देशन दिएका छन् । मन्त्री महासेठले जतिसक्दो चाँडो पुल मर्मत गरी पुलबाट यातायात सञ्चालन गर्ने प्रबन्ध मिलाउन सडक डिभिजन कार्यालयका कर्मचारीलाई निर्देशन दिए ।

उनले पुल मर्मत चलिरहँदा यातायात सञ्चालनका लागि निर्माण गरिएको ‘डाइभर्सन’ लाई समेत व्यवस्थित बनाउन निर्देशन दिए । निर्माण गरिएको ‘डाइभर्सन’बाट यातायात सञ्चालनमा कठिनाइ हुँदा यात्रुहरुले सास्ती खेप्नुपरेको छ । अहिले सवारी ‘डाइभर्सन’बाट सञ्चालन भइरहेका छन् । पानी पर्दा बाटो चिप्लो भई यातायात प्रभावित भएको थियो । जसले गर्दा यात्रुहरु घण्टौँ जाममा बस्नुपर्ने अवस्था रहेको थियो ।

आज बिहानबाट यस क्षेत्रमा यातायातको चाप कम भएको छ । अहिले सवारी १५ देखि २० मिनेटमा पुल भाँचिएको क्षेत्र छिचोल्ने गरेका छन् । बुधबार अरुणखोला पुलमा ट्रक ठोक्किँदा पुलमा क्षति पुगी यातायात सञ्चालन प्रभावित बनेको थियो । भाँचिएको पुलको आजदेखि मर्मत शुरु गरिएको छ ।

राजमार्गमा धेरैजसो स्थानमा ठूला–ठूला खाल्डो परेका छन् । खाल्डोका कारण कुनै पनि बेला मानवीय तथा भौतिक क्षति हुनसक्ने भन्दै राजमार्ग विस्तारको जिम्मा पाएको ‘चाइनिज कम्पनी’लाई मर्मतका लागि उनले निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ६ : ०५ बजे

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान