प्रदेश ३ सरकारले कृषि सामग्री उत्पादन उद्योग स्थापना गर्ने « Khabarhub

प्रदेश ३ सरकारले कृषि सामग्री उत्पादन उद्योग स्थापना गर्ने


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश–३ सरकारले निजी क्षेत्रसँगको साझेदारीमा प्रदेशमा नै आधुनिक कृषि सामग्री उद्योग स्थापना गर्ने भएको छ । धान रोप्ने, काट्ने तथा धान, गहुँ, कोदोजास्ता अन्नबाली चुट्ने, झार्ने एवं कृषिक्षेत्रलाई आधुनिकीकरण गर्दै थोरै जनशक्तिले धेरै काम गर्न मिल्ने गरी आधुनिक कृषि सामग्री उत्पादन गर्ने उद्देश्यले उद्योग स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

उद्योगमा लगानी गर्ने निजी क्षेत्रको लगानीबाहेक प्रदेश सरकारले रु २५ करोडसम्म लगानी गर्ने जनाइएको छ । प्रदेशका किसानलाई सस्तो र सुलभ मूल्यमा कृषि औजार उपलब्ध गराउने उद्देश्यले कारखानाको स्थापना गर्न लागिएको हो ।

किसानका लागि चाहिने औजार भारतलगायतका मुलुकबाट खरीद गरेर ल्याउँदा महङ्गो पर्ने तथा ठूलो धनराशि बाहिरिने भएकाले आफ्नै प्रदेशमा कृषि औजार निर्माण गरेर स्वदेशी उत्पादन प्रवद्र्धन गर्न तथा केही मात्रामा भए पनि बेरोजगारी समस्या समाधान गर्न कृषि औजार कारखाना स्थापनाका लागि अग्रसर भएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले जानकारी दिए ।

उद्योग स्थापनाका लागि प्रदेश सरकारले प्रथम चरणमा चालू आर्थिक वर्षका लागि रु दुई करोड छुट्याएको मन्त्री लामाले बताए । ‘यो प्रदेश सरकारको बहुवर्षे योजना हो, पटक–पटक गरेर रु २५ करोडसम्म लगानी गर्छौँ’, उनले भने । उद्योगमा निजी साझेदारले पनि आवश्यकताअनुसार सोही अनुपातमा लगानी गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ६ : ३४ बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा