प्रदेश ३ सरकारले कृषि सामग्री उत्पादन उद्योग स्थापना गर्ने « Khabarhub

प्रदेश ३ सरकारले कृषि सामग्री उत्पादन उद्योग स्थापना गर्ने


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश–३ सरकारले निजी क्षेत्रसँगको साझेदारीमा प्रदेशमा नै आधुनिक कृषि सामग्री उद्योग स्थापना गर्ने भएको छ । धान रोप्ने, काट्ने तथा धान, गहुँ, कोदोजास्ता अन्नबाली चुट्ने, झार्ने एवं कृषिक्षेत्रलाई आधुनिकीकरण गर्दै थोरै जनशक्तिले धेरै काम गर्न मिल्ने गरी आधुनिक कृषि सामग्री उत्पादन गर्ने उद्देश्यले उद्योग स्थापना गर्न लागेको मन्त्रालयले जनाएको छ ।

उद्योगमा लगानी गर्ने निजी क्षेत्रको लगानीबाहेक प्रदेश सरकारले रु २५ करोडसम्म लगानी गर्ने जनाइएको छ । प्रदेशका किसानलाई सस्तो र सुलभ मूल्यमा कृषि औजार उपलब्ध गराउने उद्देश्यले कारखानाको स्थापना गर्न लागिएको हो ।

किसानका लागि चाहिने औजार भारतलगायतका मुलुकबाट खरीद गरेर ल्याउँदा महङ्गो पर्ने तथा ठूलो धनराशि बाहिरिने भएकाले आफ्नै प्रदेशमा कृषि औजार निर्माण गरेर स्वदेशी उत्पादन प्रवद्र्धन गर्न तथा केही मात्रामा भए पनि बेरोजगारी समस्या समाधान गर्न कृषि औजार कारखाना स्थापनाका लागि अग्रसर भएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले जानकारी दिए ।

उद्योग स्थापनाका लागि प्रदेश सरकारले प्रथम चरणमा चालू आर्थिक वर्षका लागि रु दुई करोड छुट्याएको मन्त्री लामाले बताए । ‘यो प्रदेश सरकारको बहुवर्षे योजना हो, पटक–पटक गरेर रु २५ करोडसम्म लगानी गर्छौँ’, उनले भने । उद्योगमा निजी साझेदारले पनि आवश्यकताअनुसार सोही अनुपातमा लगानी गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ६ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै