प्राधिकरणलाई एक नम्बरको संस्था बनाउने मन्त्री पुनको दृढता « Khabarhub

प्राधिकरणलाई एक नम्बरको संस्था बनाउने मन्त्री पुनको दृढता


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई एक नम्बर अब्बल संस्थाका रुपमा स्थापित गरेरै छाडिने दृढता व्यक्त गरेका छन् ।

प्राधिकरणको ३४औँ वाषिकोत्सवका अवसरमा शनिबार आयोजित पदक उपहार तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले सरकारी स्वामित्वका संस्थानमध्ये प्राधिकरणलाई एक नम्बरको संस्थाका रुपमा विकास गरिने बताएका हुन् । पछिल्ला वर्षमा लगातार नाफामा गइरहेको संस्थालाई क्रमशः नाफा बढाउँदै लगिने र प्राधिकरणलाई थप व्यावसायिक संस्थाका रुपमा विकास गर्ने योजनाअनुसार नै काम भइरहको बताए ।

प्राधिकरणमा चमत्कार नै भएको जस्तै भइरहेको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वसँगै संस्थाको व्यावसायिक, कार्यशैलीगत र प्रशासनिक क्षमतामा समेत वृद्धि भएको उल्लेख गरे । विगतमा भाषणमा मात्रै सुधारका कुरा हुने गरेको भए पनि आज परिणाम नै देखिन थालेको स्पष्ट पार्दै उनले आगामी दिनमा थप सकारात्मक स्थितिमा संस्था पुग्ने मन्त्री पुनको विश्वास थियो ।

सबैको मेहनतले प्राधिकरण अब्बल संस्थाका रुपमा विकास हुँदै गएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ र अरु कर्मचारीले गरेको मेहनतको पनि उच्च प्रशंसा गरे । ‘सामूहिक प्रयत्नबाट मात्रै सफलता हासिल हुन्छ । कार्यकारी निर्देशकले व्यावसायिकरुपमा सबैलाई म्यानेज गर्नुभयो । यो नै सफलताको प्रमुख श्रेय हो ।’

प्राधिकरणले करीब ९० प्रतिशत जनतामा विद्युत् पहुँच पुर्‍याएको र बाँकी रहेको क्षेत्रमा समेत आगामी दुई वर्षभित्र विद्युत् पुर्‍याउने लक्ष्य राखेको भन्दै सो कार्यमा साथ र सहयोग दिन सबैलाई मन्त्री पुनले आग्रह गरे ।

उच्च हिमाली, पहाडी तथा विद्युत् नपुगेका क्षेत्रमा विद्युत् पुर्‍याउने गरी काम गर्नुपर्ने दायित्व हामी सबैको काँधमा रहेको उनको भनाइ थियो ।

सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको स्मरण गर्दै उनले स्वदेशी तथा वैदेशिक लगानी भित्र्याउन पनि पहल भइरहेको स्पष्ट पारे ।

मुलुकमा सङ्घीयतामा कार्यान्वयन गइसकेकाले पनि प्राधिकरणको संरचनालाई पनि सोहीअनुसार अगाडि बढाउनुपर्ने र उपभोक्तालाई थप सरल र सहजरुपमा सेवा दिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सफलता हासिल गरेका र सेवानिवृत्त भएका कर्मचारीलाई मन्त्री पुनले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  १० : ३० बजे

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन

काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको

झण्डै ६० प्रतिशत मत खस्यो : आयोग 

काठमाडौं– काठमाडौं आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशैभरी झण्डै ६०

आयोगको औपचारिक घोषणा : प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खस्यो

काठमाडौं – निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब

सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीलाई बधाईको ओइरो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमा बधाईको ओइरो आएको छ