लगातार दोस्रो पटक बंगलादेशले पायो साफ आयोजनाको जिम्मा « Khabarhub

लगातार दोस्रो पटक बंगलादेशले पायो साफ आयोजनाको जिम्मा


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिप–२०२० आयोजनाको जिम्मा बंगलादेशले पाएको छ ।

सोमबार मलेसियाको क्वालालम्पुरमा बसेको साफ कङ्ग्रेसको बैठकले सेप्टेम्बर  २०२० मा हुने गरी साफ आयोजनाको जिम्मा बंगलादेशलाई दिएको बंगलादेशी पत्रिका दि डेली स्टारले उल्लेख गरेको छ ।

साफका अध्यक्ष काजि सलाहुद्दीनको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । सन् २०१८ को साफ च्याम्पियनसिप पनि बंगलादेशले नै आयोजना गरेको थियो ।

अघिल्लो सिजनमा माल्दिभ्सले  साफको उपाधि उचालेको थियो । उक्त प्रतियोगितामा नेपाली टोली सेमिफाइनलसम्म पुगेको थियो ।

सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएपछि नेपाल घर फर्किएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ४ : ०९ बजे

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको