मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न अर्थमन्त्रीको निर्देशन « Khabarhub

मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न अर्थमन्त्रीको निर्देशन


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा लगानी बढाउन वित्तिय संस्थाहरुलाई आह्वान गरेका छन् ।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन पनि शेयर बजारमा लगानी वृद्धि गर्न वित्तिय संस्थाहरुलाई सचेत गराएका हुन् ।

कर्मचारी सञ्चय कोषको ५८औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक गतिविधि बढेको, बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर पनि बढेको तथा राजनीतिक स्थायित्व कायम भएकाले शेयर बजारमा लगानी बढाउन अति अनुकूल समय रहेको स्मरण गराए ।

शेयर बजारमा लगानी बढाउन सके मुलुकको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने अर्थमन्त्री खतिवडाको भनाई छ ।

अर्थमन्त्री खतिवडाले मुद्रा बजारलाई उत्तेजित बनाउने काम नगर्न पनि वित्तिय संस्थाहरुलाई निर्देशन दिए । उनले पूँजी बजारमा लगानी बढाउन सरकारले आवश्यक वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ४ : ५५ बजे

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?

काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर