साफ यु–१८ च्याम्पियनसिपको तयारी पूरा, उद्घाटन आगामी शुक्रबार « Khabarhub

साफ यु–१८ च्याम्पियनसिपको तयारी पूरा, उद्घाटन आगामी शुक्रबार


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी शुक्रबारबाट शुरु हुने १९ बर्ष मूनिको साफ च्याम्पियनसिपको तयारी पुरा भएको जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि एन्फाले साफ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने प्रतियोगितामा घरेलु टोली नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्स रहेका छन् ।

प्रतियोगिताका ६ टिमलाई २ समूहमा विभाजन गरिएको छ भने नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा माल्दिभ्स र भुटान रहेका छन् ।

एन्फाले प्रतियोगिताको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनको एनटीभी प्लसबाट हुने समेत जनाएको छ । यस्तै, प्रतियोगितामा दर्शकका लागि ५ सय रुपैयाँको टिकट समेत एन्फाले बताएको छ ।

च्याम्पियनसिपको लागि माल्दिभ्सको टोली नेपाल आइसकेको एन्फाले जनाएको छ । बाँकी टिम केही दिन भित्रमा आइसक्ने एन्फाले जनाएको छ ।

प्रतियोगिताको पहिलो खेल माल्दिभ्ससँग खेल्दै नेपालले आफ्नो यात्रा शुरु गर्नेछ । च्याम्पियनसिपका लागि नेपालले मंगलबार नै २३ सदस्सीय टोलीको घोषणा गरेको हो ।

नेपाली टिमः

गोलरक्षक : विशाल सुनार, सुर्य अधिकारी, पुजन होना

डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, अलिक रुम्बा, एन्जल महर्जन

मिडफिल्डर : शिशिर लेखी, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल, नितिन थापा

स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : ०० बजे

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको