इरानमा तीन अष्ट्रेलियन नागरिक पक्राउ | Khabarhub Khabarhub

इरानमा तीन अष्ट्रेलियन नागरिक पक्राउ


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले तीन अष्ट्रेलियन नागरिकलाई पक्राउ गरेको छ । इरानको फार्स समाचार संस्थाले जनाएअनुसार इरानमा तीन अष्ट्रेलियन नागरिकलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये दुई जनाले गैर कानूनी रुपमा सैनिक क्षेत्रको तस्बीर खिचेको तथा अर्का एक जनालाई भने तेश्रो मुलुकका लागि जासुसी गरेको अभियोगमा पक्राउ गरिएको इरानी न्यायपालिकाका प्रवक्तालाई उद्धृत गर्दै फार्सले उल्लेख गरेको छ ।

जासुसीको अभियोगमा पक्राउ परेका व्यक्तिलाई अदालतले सजाय सुनाउन भने बाँकी रहेको बताइएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरुको पहिचान भने सार्वजनिक गरिएको छैन । त्यस्तै, उनीहरुलाई कुन स्थानबाट कहिले नियन्त्रणमा लिइएको हो भन्ने पनि खुलाइएको छैन ।

यता अष्ट्रेलिया सरकारले भने इरानमा नियन्त्रणमा लिइएका आफ्ना नागरिक तथा उनीहरुका परिवारलाई कन्सुलर सेवा उपलब्ध गराइएको जनाएको छ । यसअघि गतसाता अष्ट्रेलिया सरकारले इरानमा आफ्ना तीन नागरिकहरु बन्दी बनाइएको जनाएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : ११ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र