के आलिया भट्टसँग ‘किस सिन’ भएका कारण छोडेका हुन् सलमान खानले फिल्म? « Khabarhub

के आलिया भट्टसँग ‘किस सिन’ भएका कारण छोडेका हुन् सलमान खानले फिल्म?


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार सलमान खान र फिल्ममेकर सञ्जय लीला भन्सालीको फिल्म ‘इन्साअल्लाह’ घोषणादेखि नै चर्चामा थियो । लामो समयपछि सलमान र भन्सालीले एकसाथ काम गर्ने चर्चा पनि चलेको थियो । फिल्ममा सलमानले पहिलोपटक नै आलिया भट्टसँग काम गर्न गइरहेका थिए । दर्शक पनि यी दुईको केमेष्ट्री हेर्न आतुर थिए ।

तर, फ्यानको यो इच्छा पूरा हुन सकेन । किनकि, सलमान खानले फिल्म छोडिदिए । यसको कारणमा कैयन् कुरा अगाडि आएका छन् ।

सलमान र भन्सालीबीच स्क्रिप्टलाई लिएर विवाद भएको पनि चर्चा थियो । सलमान स्क्रिप्टमा परिवर्तन चाहन्थे र आलियाको सट्टा अरु कुनै नायिका लिन चाहन्थे ।

यी कुनै पनि कुरामा सलमान या भन्सालीले औपचारिक जानकारी दिएनन् ।

यतिबेला भने खबर आएको छ कि सलमानले आलिया भट्टसँगको चुम्बन दृश्यका कारण फिल्म छोडेका हुन् । भारतीय मिडियाका अनुसार ‘इन्साअल्लाह’ को स्क्रिप्टमा सलमान र आलियाको केही लिप किस थियो ।

सबैलाई थाहा छ कि, सलमान फिल्ममा लिप किस दिन चाहँदैनन् । सलमानको फिल्म केवल बच्चादेखि बूढापुस्ताले पनि हेर्छन् । त्यसकारण सलमान खानले किस सिन काट्न लगाएका थिए । तर निर्देशकले परिवर्तन गर्न मानेनन् । त्यसपछि सलमानले फिल्म छोड्ने फैसला गरे ।

यो फिल्ममा अब ऋतिक रोशनले अभिनय गर्ने चर्चा छ । तर, सलमानको रिप्लेसमा को हुनेछन् भन्ने अझै पक्का भइसकेको छैन ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : ५८ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र