के आलिया भट्टसँग ‘किस सिन’ भएका कारण छोडेका हुन् सलमान खानले फिल्म? « Khabarhub

के आलिया भट्टसँग ‘किस सिन’ भएका कारण छोडेका हुन् सलमान खानले फिल्म?


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड सुपरस्टार सलमान खान र फिल्ममेकर सञ्जय लीला भन्सालीको फिल्म ‘इन्साअल्लाह’ घोषणादेखि नै चर्चामा थियो । लामो समयपछि सलमान र भन्सालीले एकसाथ काम गर्ने चर्चा पनि चलेको थियो । फिल्ममा सलमानले पहिलोपटक नै आलिया भट्टसँग काम गर्न गइरहेका थिए । दर्शक पनि यी दुईको केमेष्ट्री हेर्न आतुर थिए ।

तर, फ्यानको यो इच्छा पूरा हुन सकेन । किनकि, सलमान खानले फिल्म छोडिदिए । यसको कारणमा कैयन् कुरा अगाडि आएका छन् ।

सलमान र भन्सालीबीच स्क्रिप्टलाई लिएर विवाद भएको पनि चर्चा थियो । सलमान स्क्रिप्टमा परिवर्तन चाहन्थे र आलियाको सट्टा अरु कुनै नायिका लिन चाहन्थे ।

यी कुनै पनि कुरामा सलमान या भन्सालीले औपचारिक जानकारी दिएनन् ।

यतिबेला भने खबर आएको छ कि सलमानले आलिया भट्टसँगको चुम्बन दृश्यका कारण फिल्म छोडेका हुन् । भारतीय मिडियाका अनुसार ‘इन्साअल्लाह’ को स्क्रिप्टमा सलमान र आलियाको केही लिप किस थियो ।

सबैलाई थाहा छ कि, सलमान फिल्ममा लिप किस दिन चाहँदैनन् । सलमानको फिल्म केवल बच्चादेखि बूढापुस्ताले पनि हेर्छन् । त्यसकारण सलमान खानले किस सिन काट्न लगाएका थिए । तर निर्देशकले परिवर्तन गर्न मानेनन् । त्यसपछि सलमानले फिल्म छोड्ने फैसला गरे ।

यो फिल्ममा अब ऋतिक रोशनले अभिनय गर्ने चर्चा छ । तर, सलमानको रिप्लेसमा को हुनेछन् भन्ने अझै पक्का भइसकेको छैन ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ५ : ५८ बजे

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति