किर्गिजस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा झडप, ४ सैनिक मारिए « Khabarhub

किर्गिजस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा झडप, ४ सैनिक मारिए


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुशान्बे– मध्य एशियाली मुलुकहरु किर्गिजस्तान र ताजिकिस्तानको सीमाक्षेत्रमा दोहोरो झडप हुँदा कम्तीमा ४ सैनिक मारिएका छन् ।

किर्गिजस्तानको बाटकेन क्षेत्र तथा ताजिकिस्तानको सुगुद प्रान्तको सीमाक्षेत्रमा पर्ने ओविची कलाचा गाउँमा दुई मुलुकका सेनाबीच रातको समयमा झडप भएको र झडपका क्रममा तीन ताजिक सैनिक तथा एक किर्गिज सैनिक मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

झडपमा दुबै पक्षका गरी १८ जना घाइते भएको बताइएको छ । झडप हुनाको कारणलाई लिएर पूर्व सोभियत दुई मुलुक आरोप प्रत्यारोपमा उत्रिएका छन् । किर्गिज र ताजिक दुबै सरकारले एक अर्काले सीमाक्षेत्रमा गैरकानूनी रुपमा निर्माणको काम अघि बढाएका कारण झडप भएको भन्दै एकले अर्कोलाई दोषारोपण गरेका छन् ।

किर्गिज सरकारले ताजिक राजदूतलाई बोलाएर स्पष्टीकरण सोधेको जनाइएको छ । झडप भएको क्षेत्रमा ताजिक उपप्रधानमन्त्री अजिम इब्राहिमले भ्रमण गरेको तथा किर्गिज प्रधानमन्त्री मुखम्मदकाल्यी अब्यलगजियेभले भ्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दुई मुलुकको सीमाक्षेत्रमा पर्ने फेर्गाना उपत्यकाको सीमाका विषयमा ताजिकिस्तान र किर्गिजस्तानबीच तत्कालिन सोभियत संघबाट ३० वर्षअघि स्वतन्त्रता पाएयता विवाद रहँदै आएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  ६ : ४० बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब