एनसेल कर छली प्रकरण : न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने राप्रपाको चेतावनी « Khabarhub

एनसेल कर छली प्रकरण : न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने राप्रपाको चेतावनी


३१ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणमा संसदमा न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष थापाले एनसेल कर छलीलगायतका भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले सदन र सडक दुवै ठाउँबाट सशक्त आन्दोलन गर्ने घोषणा पनि गरे ।

मंगलबार काठमाडौंमा आयोजित ‘एनसेल कर छली प्रकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एनसेल कर छली प्रकरणमा आफू र आफ्नो पार्टीको कुनै पनि संलग्नता नरहेको पटक–पटक दोहोर्‍याए ।

मुलुकको राजनीतिक व्यवस्था र अवस्थामाथिनै चुनौति दिने यस्ता खालका गतिविधिलाई परास्त गर्न आफ्नो पार्टी सशक्त भएर लागिपर्ने अध्यक्ष थापाको प्रतिबद्धता छ ।

अध्यक्ष थापाले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने सबै निकायमा आफ्नो मान्छे सेटिङ गरेर भ्रष्टाचारीहरुलाई प्रश्रय दिईरहेको आरोप पनि लगाए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार  १० : १५ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका