सन्दीप २ प्रतियोगितामा अनुबन्ध, कमाई झण्डै २ करोड « Khabarhub

सन्दीप २ प्रतियोगितामा अनुबन्ध, कमाई झण्डै २ करोड


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने एकैदिन दुईवटा प्रतियोगितामा अनुबन्ध भएका छन् ।

इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट र यूएईमा हुने टि–टेन र प्रतियोगिताका लागि अनुबन्ध भएका सन्दीपले करिब २ करोड रुपैयाँ पाउने छन् ।

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा बर्मिङ्घम फिनिक्सबाट खेल्ने सन्दीपले १ लाख पाउण्ड अर्थात करिब १ करोड ४६ लाख पाउनेछन् भने टि–टेनमा ४५ हजार अमेरिकी डलर अर्थात् ५१ लाख रुपैयाँ पाउने छन् ।

विभिन्न फ्रेन्चाइज लिगमा अनुबन्ध भइरहेका नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलेको यो नै अहिलेसम्मको मंहगो मूल्य हो । एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता २०२० को १७ जुलाईदेखि अगष्टसम्म चल्नेछ ।

टि–टेन भने नोभेम्बरबाट शुरु हुनेछ । टि–टेनमा सन्दीप कर्नाटक टस्कर्सबाट खेल्नेछन् ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ९ : १० बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका