विप्लवको बैठकमा प्रहरीको छापा, दाइ वीरजंगसहित २१ जना पक्राउ | Khabarhub Khabarhub

विप्लवको बैठकमा प्रहरीको छापा, दाइ वीरजंगसहित २१ जना पक्राउ


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले पार्टीको आन्तरिक बैठकमा छापा मार्दै २१ जनालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय गढवाका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटाखोला स्थित एक जंगलबाट पक्राउ गरिएको हो ।

पार्टीको आन्तरिक तयारी बैठक भईरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजेतिर पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिप्लवका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज वीरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन लगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो ।

वीरजंग विप्लवका दाइ हुन् । अन्यको नाम सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ९ : ३१ बजे

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ