उपचारका नाममा युवतीमाथि धर्मगुरुद्वारा यौन हिंसा « Khabarhub

उपचारका नाममा युवतीमाथि धर्मगुरुद्वारा यौन हिंसा


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झारफुक गरी धार्मिक विधिबाट उपचार गर्ने भन्दै गुम्बामा लगेर बिरामी युवतीहरुलाई यौन हिंसा गरेको आरोपमा एक धर्मगुरुलाई ७ वर्षको जेल सजाय सुनाइएको छ ।

उच्च अदालत पाटनले एक धर्म गुरुलामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपुर्तिको फैसला गरेको छ । यस अघि निर्दोष ठहर गर्दै जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको संयुक्त इजलासले धर्मगुरु लामा भिक्षुसहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गर्दै सो फैसला सुनाएको हो ।

काठमाडौको दक्षिणकाली चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक देखाई करकापमा शरीर बन्धक राखी युवतीमाथि लगातार करणी गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो ।

उच्च अदालत पाटनको फैसलापछि लगत्तै प्रहरीले लामालाई मंगलबार पक्राउ गरेको छ । लामाकी सहयोगी महिला मनिषा लामालाई आपत्तिजनक अवस्थाका फोटा फेसबुकमा अपलोड गरेको अभियोगमा अदालतले साइबर क्राइम अन्तर्गत दोषी ठहर गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ९ : ५६ बजे

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको