मणिरत्नमको फिल्ममा दोहोरो भूमिकामा देखिँदै ऐश्वर्या राय | Khabarhub Khabarhub

मणिरत्नमको फिल्ममा दोहोरो भूमिकामा देखिँदै ऐश्वर्या राय


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ऐश्वर्या राय पछिल्लो समय फिल्ममा कमै देखिने गरेकी छिन् । यसअघि उनी चलचित्र ‘फन्ने खान’ मा देखिएकी थिइन् । फिल्ममा उनले एक सुपरस्टार गायिकाको भूमिका निभाएकी थिइन् ।

ऐश्वर्याका फ्यानलाई उनलाई फेरि पर्दामा देख्न चाहेका छन् । ऐश्वर्याको अभिनय कुरेका फ्यानका लागि भने यतिबेला खुशीको खबर छन् । उनले मणिरत्नमको एक नयाँ फिल्ममा अभिनय गर्ने भएकी छिन् । यो फिल्ममा उनको भूमिका दोहोरो हुनेछ ।

ऐश्वर्याले मणिरत्नमसँग काम गर्दा आफूलाई रमाइलो लाग्ने बताएकी छिन् । यसअघि पनि उनले केही फिल्ममा मणिसँग काम गरेकी छिन् । उनले मणिलाई गुरु मान्छिन् । यसअघि यी दुईले इरुवर, गुरु र रावणमा सहकार्य गरेका थिए ।

फिल्मको नाम के हुनेछ र यसको कहानी के हुनेछ भन्नेबारेमा भने अहिले केही खुलाइएको छैन ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ९ : ५३ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने