नेपाल एसिया प्रशान्त क्षेत्रमा धेरै पर्यटक भित्र्याउने देशको सूचीमा « Khabarhub

नेपाल एसिया प्रशान्त क्षेत्रमा धेरै पर्यटक भित्र्याउने देशको सूचीमा


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल एसिया प्रशान्त क्षेत्रमा धेरै पर्यटक भित्र्याउने देशकी सूचीभित्र परेको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आवागमनसम्बन्धी अध्ययनमा सन् २०१८ मा पर्यटक आगमन वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो ।

पाटाका अनुसार सन् २०१८ मा यस क्षेत्रका ४६ देशमा ७० करोड ८० लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । जसमध्ये नेपालमा पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशतले भएको जनाइएको छ ।

नेपालपछि दोस्रोस्थानमा टर्की छ । टर्कीमा पर्यटकको आवागमन दर २१.८ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको भियतनामको १९.९ प्रतिशत, चौथो स्थानको निकारागुआको १७.५ प्रतिशत र पाँचौँ स्थानमा परेको दक्षिण कोरियाको १५.५ प्रतिशत वृद्धिदर छ । यो तथ्यांक नेपालका लागि अहिलेसम्मकै उच्च हो ।

त्यस्तै सन् २०१७ को तुलनामा ७.३ प्रतिशतले बढी पनि हो । प्रतिवेदनमा समेटिएका देशमध्ये २४ प्रतिशत देशको वृद्धिदर १० प्रतिशतभन्दा माथि छ ।

६५ प्रतिशत देशको भने पाँच प्रतिशतभन्दा माथि वृद्धिदर रहेको उल्लेख छ । नेपाल सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक आएका थिए ।

यो नेपालले १० लाख पर्यटक भित्राउने योजनाअघि सारेको थियो भने, सोहीअनुसार लक्ष्य पूरा गरेको पाटाको अध्ययनमा भनिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १२ : ५६ बजे

कसरी टर्‍यो मेसी र रोनाल्डोबीचको क्वार्टरफाइनलमा हुन सक्ने भेट ?

काठमाडौँ – फुटबल इतिहासकै दुई महान् खेलाडी लियोनेल मेसी र

सिन्धुलीको मरिणमा परम्परागत रोपाइँ (तस्बिरहरू)

सिन्धुली– सिन्धुलीको मरिण गाउँपालिकामा २० हल गोरु र रांगा जोतेर

थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक

दाङ– लुम्बिनी प्रदेश सरकारले थारू समुदायको आदिमकालीन प्रथा, परम्परा र

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा

८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट

चितवन– भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मा उत्कृष्ट भएको