आईसीसीद्वारा युएईका तीन खेलाडीमाथि प्रतिबन्ध « Khabarhub

आईसीसीद्वारा युएईका तीन खेलाडीमाथि प्रतिबन्ध


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले युनाइटेड अरब इमिरेट्स (युएई) का तीन क्रिकेट खेलाडीलाई निलम्बन गरेको छ ।

खेलमा मिलेमतो (म्याच फिक्सिङ) को आरोपमा आईसीसीले युएईका कप्तान मोहमद नाभिदसहित शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको हो ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै तत्कालै लागु हुनेगरि तीन खेलाडीलाई निलम्बन गरिएको जनाएको छ ।

आईसीसीले भ्रष्टाचार सम्बन्धि नियम उल्लंघन गरेको कारण देखाउँदै गरेको छ । उनीहरुले भ्रष्टाचार सम्बन्धि विभिन्न १३ नियम उल्लंघन गरेको जनाएको छ ।

आईसीसीले तीनै खेलाडीलाई आजको दिनबाट १४ दिन भित्र आरोपको जवाफ पठाउन समेत निर्देशन दिएको छ ।

घरेलु भूमिका शुक्रबार सुरु हुने विश्वकपको ग्लोबल छनोट अघि आईसीसीले तीन खेलाडीलाई प्रतिबन्ध लगाएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १ : ०८ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका