आईसीसीद्वारा युएईका तीन खेलाडीमाथि प्रतिबन्ध « Khabarhub

आईसीसीद्वारा युएईका तीन खेलाडीमाथि प्रतिबन्ध


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले युनाइटेड अरब इमिरेट्स (युएई) का तीन क्रिकेट खेलाडीलाई निलम्बन गरेको छ ।

खेलमा मिलेमतो (म्याच फिक्सिङ) को आरोपमा आईसीसीले युएईका कप्तान मोहमद नाभिदसहित शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको हो ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै तत्कालै लागु हुनेगरि तीन खेलाडीलाई निलम्बन गरिएको जनाएको छ ।

आईसीसीले भ्रष्टाचार सम्बन्धि नियम उल्लंघन गरेको कारण देखाउँदै गरेको छ । उनीहरुले भ्रष्टाचार सम्बन्धि विभिन्न १३ नियम उल्लंघन गरेको जनाएको छ ।

आईसीसीले तीनै खेलाडीलाई आजको दिनबाट १४ दिन भित्र आरोपको जवाफ पठाउन समेत निर्देशन दिएको छ ।

घरेलु भूमिका शुक्रबार सुरु हुने विश्वकपको ग्लोबल छनोट अघि आईसीसीले तीन खेलाडीलाई प्रतिबन्ध लगाएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १ : ०८ बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा