रुविनाको अर्धशतकमा काठमाडौंको जित « Khabarhub

रुविनाको अर्धशतकमा काठमाडौंको जित


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं क्विन्सले वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा सुखद् शुरुवात गरेको छ । बिहीबार बिहान भएको खेलमा पोखरा पल्टनलाई ८२ रनले पराजित गर्दै काठमाडौंले पहिलो जित हात पारेको हो ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौंले दिएको १५३ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १६ ओभर ५ बलमा सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।

पोखराका लागि कप्तान सिता राना मगरले १७ तथा बिन्दु रावलले १३ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

पोखरालाई सस्तैमा समेट्न काठमाडौंकी सरस्वती कुमारी र अप्सरी बेगमले समान २–२ विकेट लिईन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको थियो ।

काठमाडौंको लागि कप्तान रुबिना क्षेत्रीले नटआउट ८३ रनको अर्धशतकीय इनिङ्स खेलेकि थिइन् । उनले ६७ बलको सामना गर्दै १४ चौका र २ छक्का प्रहार गरिन् ।

यस्तै काठमाडौंका लागि रोमा थापाले १९, सोभा आलेले १२ तथा ईश्वरी बिष्टले अविजित १० रन प्रहार गरिन् । काठमाडौंविरुद्ध पोखराकी अनुराधा चौधरीले ४ तथा कविता कुँवरले १ विकेट लिईन् ।

जितसँगै काठमाडौंले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा काठमाडौं बुधबार चितवनसँग ५ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १ : १३ बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा